२२ माघ २०८१, मंगलबार । February 4, 2025

प्रतिनिधिसभाको बैठक बस्दै



काठमाडौं । संघिय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक शुक्रबार दिउँसो १ बजेका लागि तय भएको छ ।

यद्यपी आज बस्ने भनिएको बैठकमा संवैधानिक परिषद्सम्बन्धी विधेयकमाथि छलफल भने नहुने भएको छ । यसअघिको बैठकमा सो विधेयकमाथि छलफल गर्ने भनेर सम्भावित कार्यसूचीमा समावेश गरिए पनि अन्तिम समयमा हटाइएको थियो । अघिल्लो बैठकमा कार्यसूचीबाट हटाइएको सो विधेयक आज आउने अपेक्षा गरिएको थियो ।

सो विधेयक पारित हुन नसक्दा सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्त हुने बाटो अझै खुल्न सकेको छैन । कायममुकायम प्रधानन्यायाधीशबाट चल्दै आएको न्यायालयलाई नेतृत्वविहीन अवस्थाबाट मुक्त गराउनका लागि सो विधेयक पारित हुनु अनिवार्य छ ।

आजको बैठकमा सङ्घीय संसद् अन्तर्गतका संयुक्त तथा प्रतिनिधिसभा अन्तर्गतको विषयगत समितिका सदस्यहरूको नाम भने मनोनयन हुने भएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ८ : ५४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

त्रिकोणात्मक टी २० सिरिजः नेपालविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै थाइल्यान्ड

काठमाडौं । जारी जारी त्रिकोणात्मक टी २० सिरिजअन्तर्गत नेपालले आफ्नो

स्याङ्जामा स्कारपियो दुर्घटना, ५ जना घाइते

काठमाडौं । स्याङ्जाको वालिङ नगरपालिका १४ तमादीस्थित वालिङ-पर्वत कच्ची सडकमा

ह्वात्तै बढ्यो सुनको भाउ, तोलामा कति पुग्यो ?

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको भाउ तोलामा १ हजार

त्रिकोणात्मक महिला टी-२० सिरिजः पहिलो जितको खोजिसहित थाइल्याण्डसँग भिड्दै नेपाल

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी अन्तर्राष्ट्रिय त्रिकोणात्मक महिला टी-२०

लामिनार टायल्स उत्पादक लुम्बिनी सेरामिक्सले आईपीओ निष्काशन गर्ने

काठमाडौं । लामिनार टाईल्स्को उत्पादक लुम्बिनी सेरामिक्स लिमिटेडले नेपाली सर्वसाधारणको