२२ माघ २०८२, बुधबार । February 4, 2026

गोली चलाउने १६ जना पक्राउ



रौतहट । रौतहटको गढीमाई नगरपालिका–८ मा गोली चलाउने घटनामा संलग्न १६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सडक विस्तारका क्रममा भएको विवादमा शनिवार दिउँसो गोली चलेको थियो । गोली लागेर स्थानीय ५० वर्षीय रामकुमार राय यादवको निधन भएको छ भने निरन्जन राय यादव, प्रताप यादवसहित अन्य दुई घाइते भएका छन् । उनीहरुको काठमाडौँस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।

घटनामा पक्राउ पर्ने लालबाबु यादव, रामसेवक राय, मिथलेख यादव, दिनेश यादव, बच्चा गिरी, विनेश यादव, प्रदीप यादव, श्याम यादव, उमेश यादव लगायत रहेका छन् । घटना नियन्त्रण गर्न प्रहरीले शनिवार ठुलो संख्यामा प्रहरी परीचालन गरेको थियो। प्रहरीका अनुसार धोबिनियास्थित सडक चौडा गर्ने क्रममा स्थानीय रामइश्वर राय यादव र राजकुमार यादवबीच विवाद भएको थियो। दुई पक्षबीचको विवाद झडपमा बदलिएको थियो ।

झडपमा रामइश्वर पक्षले गोली चलाएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहिबार  १२ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल