१ आश्विन २०८३, बिहिबार । September 18, 2026

विद्यार्थीको चाप थेग्न नसकेपछि सामुदायिक विद्यालयमा प्रवेश परीक्षा


१४ बैशाख २०८०, बिहिबार  

3
Shares

पाँचथर । कतिपय सामुदायिक विद्यालय विद्यार्थी नपाएर तनावमा छन् ।

तर, पाँचथरको सदरमुकाम फिदिमस्थित फिदिम माध्यमिक विद्यालय भने विद्यार्थीको चाप थेग्न नसकेर हैरान छ । चालू शैक्षिक सत्रमा विद्यालयमा भर्ना हुन आउने विद्यार्थी अत्यधिक भएपछि विद्यालयले बुधबार प्रवेश परीक्षा लिएको छ । विद्यालयका प्रधानाध्यापक बिनोदकुमार ठाकुरका अनुसार विद्यालयमै अध्ययनरत २ हजार १ सय ३३ जना विद्यार्थी छन् ।

नयाँ विद्यार्थी भर्ना गराउने अवस्था छैन । तर, विभिन्न कक्षामा नयाँ विद्यार्थी भर्ना गराउन दबाब बढेपछि अन्य विद्यालयबाट आएका १ सय ४३ जना विद्यार्थी भर्ना गर्ने योजना विद्यालयले बनाएको प्रधानाध्यापक ठाकुरले बताए । ‘१ सय ४३ जनाको कोटामा ३ सय ५ विद्यार्थीले भर्नाका लागि आवेदन दिएपछि प्रवेश परीक्षा लिन बाध्य भयौं,’ प्रधानाध्यापक ठाकुरले भने ।

कक्षा १ भन्दा मुनि दुईवटा कक्षा (एलकेजी र यूकेजी) रहेको विद्यालयमा केजीदेखि कक्षा १२ सम्म अंग्रेजी र नेपाली दुवै माध्यमबाट पठनपाठन हुँदै आएको छ । करिब डेढ दशक अघिदेखि कक्षा ११ र १२ मा विज्ञान संकायसमेत पठनपाठन हुँदै आएको विद्यालयमा २०७६ सालदेखि कक्षा ९–१२ का लागि इन्जिनियरिङ विषय पनि सञ्चालन हुँदै आएको छ । २००६ सालमा प्रसादसिं स्कुलको नाममा स्थापना भएको यो विद्यालय फिदिम माध्यमिक विद्यालयको नामले परिचित छ ।

कोसी प्रदेशको सर्वोकृष्ट सामुदायिक विद्यालयका रूपमा पुरस्कृत भइसकेको यो विद्यालय जिल्लाकै अब्बल शैक्षिक संस्थाको रूपमा चिनिन्छ । सुविधा सम्पन्न भौतिक संरचना, पुस्तकालय, गुणस्तरीय र परिणाममुखी शैक्षिक वातावरणका कारण यस विद्यालयमा विद्यार्थीको अत्यधिक चाप हुने गरेको स्थानीयको भनाइ छ । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहिबार  ७ : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ