२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

मापदण्डविरित शुल्क लिने विद्यालयहरुलाई सचेत गराइने


१३ बैशाख २०८०, बुधबार  

9
Shares

काठमाडौं । नेपाल राष्ट्रिय अभिभावक संघले विद्यार्थी भर्ना अभियानसँगै तोकिएको मापदण्डविरित शुल्क लिने विद्यालयहरुलाई सचेत गराउने भएको छ ।

संघको हालै सम्पन्न छैंठौं राष्ट्रिय अधिवेशन लगत्तै बसेको केन्द्रीय समितिले बैठकले शैक्षिक सवालमा गम्भीरतापूर्वक अघि बढ्न निर्णय गरेको संघका राष्ट्रिय अध्यक्ष कोषबहादुर जिसीले जानकारी दिए । यस्तै, संघले नेपाल सरकारबाट स्वीकृत पाठ्यक्रम अनिवार्य लागू गर्ने गराउने सवालमा सम्बन्धित सरोकारवालाहरको ध्यानाकर्षण पनि गराउने जनाएको छ । साथै संघीय शिक्षा ऐन जारी गर्ने गराउने विषयमा नेपाल सरकारसँग अपिल गर्ने पनि संघले निर्णय गरेको छ ।

विद्यालयलाई शान्ति क्षेत्र बनाई बालबालिकाहरुलाई निर्बाध ढंगले पढ्ने पढाउने वातावरणमा सहयोग पुर्याउने तथा शैक्षिक गुणस्तरलाई युग सुहाउँदो अभिवृद्धि गर्ने काममा शैक्षिक संस्थाहरुसँग सहकार्य गरी शैक्षिक सुधारमा आवश्यक भूमिका निर्वाह गर्नका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय भएको अध्यक्ष जिसीले जानकारी दिए । अधिवेशनले १३ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ । नेपाल राष्ट्रिय अभिभावक संघको यहि बैशाख २ गते काठमाडौंको धुमबाराहीमा सम्पन्न भएको छैठौं राष्ट्रिय अधिवेशनले कोषबहादुर जिसीको अध्यक्षतामा केन्द्रीय समिति निर्वाचित गरेको थियो ।

राष्ट्रिय अधिवेशनपछि वैशाख ९ गते बसेको केन्द्रीय समितिको पहिलो बैठकले केन्द्रीय पदाधिकारी तथा सदस्यहरुको जिम्मेवारी बाँडफाँड गरेको छ ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  १ : ५२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ