२२ माघ २०८१, मंगलबार । February 4, 2025

तनहुँ–१ मा रास्वपाका वाग्लेको अग्रता दोब्बर



तनहुँ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ–१ मा जारी मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले ७ हजार २ सय ९३ मत सहित अग्रस्थानमा रहेका छन् ।

आँबुखैरेनी गाउँपालिका र भानु नगरपालिकाका विभिन्न ६ वटा वडाको मतगणना हुँदा रास्वपाका वाग्लेले अगाडी रहेका हुन् । यस्तै नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ३ हजार २ सय ३४ र नेकपा एमालेका सर्वेन्द्र खनालले २ हजार १ सय ३४ मत प्राप्त गरेका छन् ।

तनहुँमा चुनावी प्रतिस्पर्धामा रहेका प्रमुख दल नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई र नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल दुबैले प्राप्त गरेको भन्दा पनि रास्वपाका वाग्लेले प्राप्त गरेको मत दोब्बरले बढी रहेको छ । तनहुँ–१ मा आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७ सय ५७ मत खसेको थियो ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ८ : २७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल औषधि लिमिटेडले पायो अन्तर्राष्ट्रिय मान्यताको प्रमाणपत्र

काठमाडौं । नेपाल औषधि लिमिटेडले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड कुशल

जाजरकोटमा टिपर दुर्घटना,१ को मृत्यु २ घाइते

काठमाडौं । मध्य पहाडी राजमार्ग अन्तर्गत जाजरकोट खण्डमा टिपर दुर्घटना

दोहोरो अंकले घट्यो नेप्से, कति भयो कारोबार ?

काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजार परिसूचक

त्रिकोणात्मक महिला टी-२० सिरिजः चौथो खेलमा पनि नेपाल पराजित

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत

त्रिकोणात्मक टी २० सिरिजः नेपालविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै थाइल्यान्ड

काठमाडौं । जारी जारी त्रिकोणात्मक टी २० सिरिजअन्तर्गत नेपालले आफ्नो