१ चैत्र २०८१, शनिबार । March 15, 2025

तनहुँ- १ उपनिर्वाचन

एमाले-कांग्रेसलाई स्वर्णीम चुनौती !



तनहुँ । वैशाख १० गतेका लागि तय उपचुनाव सम्मुखमै आइसकेको छ । उम्मेदवार र राजनीतिक दलहरु चुनावी प्रचार–प्रसारमा व्यस्त छन् ।

उपनिर्वाचन हुन लागेका चितवन २, बारा २ र तनहुँ १ मा उम्मेदवारहरु चुनावी प्रचारमा निकै व्यस्त देखिएका छन् । त्यसैमध्ये पछिल्लो समय निकै चर्चामा रहेको अर्को निर्वाचन क्षेत्र हो तनहुँ १ । यो निर्वाचन क्षेत्रमा रास्वपा बाट स्वर्णीम वाग्ले जो यसअघि लामो समय नेपाली कांग्रेसमा राजनीति गरेका अर्थशास्त्री हुन ।

त्यस्तै नेकपा एमालेबाट नेपाल प्रहरीका पूर्व आइजीपी सर्वेन्द्र खनाल र नेपाली कांग्रेसबाट गोविन्द्र भट्टराई मुख्य प्रतिष्पर्धी हुन । तनहुँ १ बाट निर्वाचित कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त यस क्षेत्रमा हुने उपचुनावमा हुन लागेको हो । गएको चुनावमा तनहुँमा कांग्रेसका रामचन्द्र पौडेल कांग्रेस–माओवादी केन्द्रसहितको ५ दलीय गठबन्धनको साझा उम्मेदवारको रुपमा निर्वाचित भएका हुन् ।

पौडेलले २५ हजार ३ सय १३ मत ल्याएर एमालेका एक बहादुर रानालाई पराजित गरेका थिए । एकबहादुरले १९ हजार ९ सय २५ मत पाएका थिए । यसरी नै कांग्रेसको कारबाही भोगेका पूर्वमन्त्री गोविन्दराज जोशीले समेत ६ हजार ८ सय ७८ मत ल्याए । यसपटक जोशीले रास्वपाका उम्मेदवार वाग्लेलाई समर्थन गर्ने भएका छन् ।

यस्तै गएको निर्वाचनमा रास्वपाका विकास सिग्देलले ६ हजार ३२ मत पाएका थिए । त्रिपक्षीय भिडन्त हुने आंकलन तनहुँमा गरिएको छ । त्यसैले पनि अघिल्लो पटकको चुनावी माहोल भन्दा केहि फरक वातावरण भने बनेको छ । तनहुँको उपनिर्वाचनलाई ठुला राजनीतिक दलहरुले प्रतिष्ठाको बिषय बनाएकाले पनि यतिबेला सबैको ध्यान यतै केन्द्रित भएका छन् ।

नेपाली कांग्रेसले स्वर्णीलाई हराउन र आफ्नो उम्मेदवारलाई जिताउनका लागि महामन्त्री गगन थापालाई निर्वाचन कमाण्डर बनाएको छ । त्यस्तै एमालेका पनि प्रभावशाली नेताहरु तनहुँ केन्द्रित भएका छन् । रास्वपाबाट पनि सभापति रवि लामिछाने सहितका अन्य सांसदहरु पनि तनहुँ पुगिसकेका छन् ।

रास्वपाले तनहुँमा आक्रामक प्रचार गरिरहेको छ । रास्वपा सभापति रवि लामिछाने नै स्वर्णिमको चुनावी सभालाई सम्बोधन गर्न पुगिरहन्छन् । बुधबार मात्रै गठबन्धनका शिर्ष नेताहरु तनहुँको चुनावी सभालाई सम्बोधन गर्न यहाँ पुगेका थिए । उपचुनावलाई ददलहरुले शक्ति परिक्षणको हिसाबले लिएकाले पनि उपचुनाव केन्द्रमा देखिन्छ ।

सामाजिक सञ्जालमा उम्मेदवारको बढाई चढाई गरेर बखान गर्नेमा रास्वपा अघि देखिएको छ । तर, अन्य पार्टीहरुले पनि यस क्षेत्रमा आफ्ना उम्मेदवारबारे विभिन्न प्रचार सामाग्री राख्दै आएका छन् । अघिल्लो मतलाई हेर्दा कांग्रेस अघि देखिएपनि उपचुनावको वातावरण अलि फरक देखिएको छ ।

रास्वपा आफ्नै पनि बलियो मत रहेको र कांग्रेसबाट कारबाही भोगेका गोविन्दराज जोशीले पनि स्वर्णीमलाई समर्थन गर्ने भएकाले यहाँ रास्वपा हावि हुने चर्चा पनि उत्तिकै चुलिएको छ । उनका चुनावी सभा र सम्मेलन हरुमा पनि सर्वसाधारणको निकै भिड लाग्ने गरेको छ ।

यद्यपी, यस क्षेत्रमा आफ्नो विरासत जोगाउन कांग्रेस सफल हुन्छ या कांग्रेसबाट राजनीनि सुरु गरेर यतिबेला रास्वपामा पुगेका वाग्लेले बाजि मार्छन त्यो भने भिडलाई नै हेरेर निर्धारण गर्नु मुर्खता हुन सक्छ । किनभने यस क्षेत्रमा कांग्रेस उम्मेदवारलाई माओवादी लगाएतका अन्य गठबन्धन दलहरुको पनि समर्थन रहेको छ ।

त्यसैले यसको निर्धारण भने निर्वाचन परिणमले नै तय गर्नेछ ।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहिबार  ८ : ५५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शनिबार कति छ विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक

चुङ्गी खेलको विवादले गर्दा गोदावरीमा किशोरमाथि चक्कु प्रहार

ललितपुर। ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर–१ मा रहेको गोदामचौर इलाकामा

सरकारको आम्दानीभन्दा खर्च बढी, विकास खर्चमा कमजोरी

काठमाडौं । नेपालको चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिकसम्म

रूपन्देहीमा नेकपा (एकीकृत समाजवादी) जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा

बुटवल। नेकपा (एकीकृत समाजवादी) रूपन्देहीको आगामी जिल्ला अधिवेशनको तयारी तीव्र