१९ फाल्गुन २०८१, सोमबार । March 4, 2025

विश्वका प्रदुषित सहरहरुको पहिलो नम्बरमा काठमाडौं



काठमाडौं । काठमाडौं उपत्यका विश्वकै सबैभन्दा प्रदूषित सहर बनेको छ ।

वायु प्रदूषणका हिसाबले विश्वका सबै प्रदूषित सहरभन्दा काठमाडौं सूचीमा पहिलो बनेको हो । विश्वका १०१ सहरको रियल टाइम प्रदूषण मापन गर्ने आइक्यु एयर नामक संस्थाका अनुसार आइतबार बिहान १० बजे काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित सहर बनेको हो । वायुको गुणस्तर सूचकांक (एक्युआई) मा १९६ अंकसहित आज काठमाडौं विश्वकै विषाक्त हावा भएको सहर पुष्टि भएको हो ।

दोस्रो स्थानमा थाइल्याण्डको च्याङमाइ सहर रहेको छ । हाल च्याङमाइको एक्यूआइ १९१ छ । यस्तै तेस्रो स्थानमा बंगलादेशको ढाका सहर छ । चौँथो स्थानमा भारतको दिल्ली र पाँचौ नम्बरमा भारतकै कोलकला रहेको छ । वायु प्रदूषणले जनस्वास्थ्यमा पार्ने प्रभावको हिसाबले शून्यदेखि ५०० सम्म विभिन्न तहमा विभाजन गर्दा २०१ देखि ३०० सम्मको एक्युआईलाई वैजनी रङ दिइएको छ ।

यो मानव स्वास्थ्यका लागि अत्यन्त अस्वस्थकर तह हो । केही दिनयता नेपालको वायु अस्वस्थकर बन्दै गएको छ । पछिल्लो समय पर्ने मात्रा कम हुँदै गएको र देशका विभिन्न ठाउँमा डढेलोका घटना पनि बढदै गएका कारण प्रदुषण पनि बढेको छ । साथै काठमाडौं उपत्यकाको हकमा भने विजुलिको तार र पानिको पाइप भुमिगत गर्नका लागि खनिएका सडक बाट उडेको धुलोका कारण पनी प्रदुषण बढेको हो ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  १० : ४२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आजपनि सुनचाँदीको मूल्य स्थिर, तोलामा कति छ ?

काठमाडौं । नेपाली बजारमा सोमबार (आज) पनि सुनचाँदीको मूल्य स्थिर

ब्राजिलियन डीजे एलोक एलओडीमा आउँदै

काठमाडौं । ब्राजिलियन डीजे एलोकले एलओडी क्लबमा आफ्नो सांगीतिक प्रस्तुति

प्रदिप परियार विश्व आर्थिक मञ्चको ग्लोबल फ्युचर काउन्सिल अन लिडरशीपको सदस्यमा नियुक्त

काठमाडौं । दलित लाईभ्स म्याटर ग्लोबल अलायन्सका संस्थापक तथा अध्यक्ष

यस्तो छ आज तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका

२ किलो ५ सय ग्राम लागूऔषध अफिम सहित एक जना पक्राउ

बारा । बारा प्रहरीले २ किलो ५०० ग्राम लागूऔषध अफिम