८ चैत्र २०८२, आइतबार । March 22, 2026

विश्वका प्रदुषित सहरहरुको पहिलो नम्बरमा काठमाडौं


३ बैशाख २०८०, आइतबार  

6
Shares

काठमाडौं । काठमाडौं उपत्यका विश्वकै सबैभन्दा प्रदूषित सहर बनेको छ ।

वायु प्रदूषणका हिसाबले विश्वका सबै प्रदूषित सहरभन्दा काठमाडौं सूचीमा पहिलो बनेको हो । विश्वका १०१ सहरको रियल टाइम प्रदूषण मापन गर्ने आइक्यु एयर नामक संस्थाका अनुसार आइतबार बिहान १० बजे काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित सहर बनेको हो । वायुको गुणस्तर सूचकांक (एक्युआई) मा १९६ अंकसहित आज काठमाडौं विश्वकै विषाक्त हावा भएको सहर पुष्टि भएको हो ।

दोस्रो स्थानमा थाइल्याण्डको च्याङमाइ सहर रहेको छ । हाल च्याङमाइको एक्यूआइ १९१ छ । यस्तै तेस्रो स्थानमा बंगलादेशको ढाका सहर छ । चौँथो स्थानमा भारतको दिल्ली र पाँचौ नम्बरमा भारतकै कोलकला रहेको छ । वायु प्रदूषणले जनस्वास्थ्यमा पार्ने प्रभावको हिसाबले शून्यदेखि ५०० सम्म विभिन्न तहमा विभाजन गर्दा २०१ देखि ३०० सम्मको एक्युआईलाई वैजनी रङ दिइएको छ ।

यो मानव स्वास्थ्यका लागि अत्यन्त अस्वस्थकर तह हो । केही दिनयता नेपालको वायु अस्वस्थकर बन्दै गएको छ । पछिल्लो समय पर्ने मात्रा कम हुँदै गएको र देशका विभिन्न ठाउँमा डढेलोका घटना पनि बढदै गएका कारण प्रदुषण पनि बढेको छ । साथै काठमाडौं उपत्यकाको हकमा भने विजुलिको तार र पानिको पाइप भुमिगत गर्नका लागि खनिएका सडक बाट उडेको धुलोका कारण पनी प्रदुषण बढेको हो ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  १० : ४२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो