३० माघ २०८२, बिहिबार । February 13, 2026

आलोचनापछि फेरियो राष्ट्रपति पौडेलको तस्बिर



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको औपचारिक तस्बिर फेरेर सार्वजनिक गरिएको छ ।

राष्ट्रपतिको अनुहारमा रहेको कोठी फोटोसपबाट एडिट गरेर हटाइएको विषयमा सामाजिक सन्जालमा चौतर्फी प्रतिक्रिया उत्पन्न भएपछि अहिले दुवै गालामा कोठी भएको तस्बिर सार्वजनिक गरिएको हो । चौतर्फी आलोचना भएपछि राष्ट्रपति कार्यालयको बेवसाइटमा पनि वास्तविक (एडिट नगरिएको) तस्बिर राखिएको छ । बुधबार राखिएको औपचारिक तस्बिरमा नेपालको झन्डा र सरकारको राष्ट्रिय चिह्न अर्थात् होलोग्राम देख्न सकिन्छ ।

राष्ट्रपतिको यसपटकको तस्बिर भने वास्तविक देखिएको छ । शपथग्रहणलगत्तै पहिलोपटक सार्वजनिक गरिएको औपचारिक तस्बिरमा कम्प्युटरबाट एडिट (सम्पादन) गरिएको थियो । त्यसमा राष्ट्रपतिका गालामा रहेका कोठी र अनुहारका धर्साहरु पनि हटाइएको थियो । सम्पादन गरिएको तस्बिर पौडेलको रुपरंगसँग वास्तविक देखिँदैनथ्यो ।

राष्ट्रप्रमुखको तस्बिर देशभरका सरकारी कार्यालयमा झुन्ड्याउने चलन भएकाले राष्ट्रपति पौडेलको आधिकारिक (औपचारिक) तस्बिर भन्दै राष्ट्रपति कार्यालयको वेबसाइटमा सार्वजनिक गरिएको हो । अब राष्ट्रपति पौडेलको यही तस्बिर औपचारिक रुपमा सम्पूर्ण कार्यालयहरुमा राखिनेछ ।

राष्ट्रपति रामचन्द्र पौडेलको औपचारिक तस्बिर

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार  ५ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

इटालीसँग नेपालको अप्रत्याशित हार, सुपर–८ यात्रा संकटमा

काठमाडौं । आइसिसी टी–२० विश्वकपअन्तर्गत समूह ‘सी’ को खेलमा नेपाल

टी-२० विश्वकपः नेपालले इटालीलाई दियो १२४ रनको झिनो लक्ष्य

काठमाडौं । आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को

टी-२० विश्वकपः इटली विरुद्द पहिलो ब्याटिङ गर्दै नेपाल

काठमाडौं । जारी आइसिसी टि ट्वान्टी विश्वकपमा इटलीसँगको खेलमा नेपालले

टी-२० विश्वकपः आफ्नो दोस्रो खेलमा इटलीसँग भिड्दै नेपाल

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको

पिएसएल खेल्दै नेपाली टाइगर दीपेन्द्र, ३१ लाखमा बिक्री

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलिका अलराउन्डर दीपेन्द्र सिंह ऐरीले