१ बैशाख २०८२, सोमबार । April 14, 2025

१० हजार कर्मचारी कटौती गर्दै मेटा



एजेन्सी । फेसबुकको अभिभावक कम्पनी मेटाले १० हजार कर्मचारी कटौती गर्ने तयारी गरेको छ ।

बीबीसीका अनुसार ११ हजार कर्मचारी हटाएको चार महिना नपुग्दै मेटाले पुनः १० हजार कर्मचारी कटौती गर्न लागेको हो । मेटाका संस्थापक मार्क जुकरबर्गले सन् २०२२ मा कम्पनीको राजस्वमा भारी गिरावट आएकाले भारी संख्यामा कर्मचारी कटौती गर्नुपरेको बताएका छन । अमेरिकामा बढेको ब्याजदर, अस्थिरता र नियामक कानुनमा भएको वृद्धिले आम्दानीमा गिरावट आएको उनको भनाइ छ । ​

मेटाले जस्तै गुगल र अमेजन जस्ता ठूला कम्पनीहरूले पनि यस्तै समस्याको सामना गरिरहेका छन् । सन् २०२३ को सुरुमै अमेजनले १८ हजार जनालाई जागिरबाट निकालेको थियो। भने गुगलको कम्पनी अल्फाबेटले पनि १२ हजार रोजगारी कटौती गरेको छ ।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार  १ : ५७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ वर्षको सुरुवात सडकमै: शिक्षक तथा विद्यालय कर्मचारीको आन्दोलन जारी

काठमाडौँ । नयाँ वर्षको उल्लासपूर्ण दिनमा जहाँ धेरैजसो नेपालीले उत्सव

मुस्ताङबाट झण्डै ९ क्विन्टल अवैध शालिग्राम बरामद, संरक्षणको चुनौती थपिँदै

मुस्ताङ । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–३ स्थित छुसाङ चेकपोष्टबाट प्रहरीले ठूलो

६१ जना वरिष्ठ सई इन्स्पेक्टरमा बढुवा सिफारिस, को-को परे ? (नामावलीसहित)

काठमाडौं । नेपाल प्रहरीले ६१ जना वरिष्ठ नायब निरीक्षक (सई)लाई

वीरगञ्जमा कर्फ्यू हटाइयो, सभा–जुलुसमा भने निषेध

पर्सा । शनिबार बेलुका दुई समूहबीच भएको झडपका कारण लगाइएको