५ चैत्र २०८२, बिहिबार । March 19, 2026

रविले फर्काएका सुरक्षाकर्मी गृहमा फर्किए


३० फाल्गुन २०७९, मंगलबार  

6
Shares

काठमाडौं । विभिन्न विवादमा परेपनि ३३ दिन गृह मन्त्रालय सम्हाल्दा रवि लामिछानेले मन्त्रालयमा व्यापक सुधारको सुरुवात गरेका थिए ।

मन्त्री भएको भोलिपल्टैदेखि उनले सुधारका काम थालेका थिए । तर, उनी हटेसँगै मन्त्रालयमा विकृति बढ्न थालेको छ । लामिछानेले तेस्रो दिन नै सुरक्षाकर्मीको दुरुपयोग रोक्ने अभियान थालेका थिए ।

त्यसअन्र्तगत मन्त्रालयमा कार्यरत सुरक्षाकर्मीलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीमा फर्काइएको थियो । गृहमा चालक हुँदा हुँदै पनि गृहका उच्च अधिकारीले सुरक्षाकर्मीलाई आफ्नो चालक राखेका थिए । अझ कतिपयले त चालकको पैसा आफैं बुझेर समेत सुरक्षाकर्मीलाई गाडी चलाउन लगाउँदै आएका थिए ।

लामिछाने हटेसँगै फेरि गृहमा पुरानै विकृतिले निरन्तरता पाउन थालेका छन् । सुरक्षाकर्मीको दुरुपयोग पनि फेरि सुरु भएको छ । गृहका कर्मचारीले चिया पकाउनेदेखि गाडी चलाउनसम्म सुरक्षाकर्मी राखेका छन् ।

सहसचिव तहका कर्मचारीले मात्र गाडी सुविधा पाउने व्यवस्था छ । तर, गृहका सबै जसो उपसचिवले गाडीको सुविधा लिदै आएका छन् । गाडी र इन्धन पाएपनि चालक पर्याप्त नहुने भएपछि उनीहरुले नेपाल प्रहरी र सशस्त्र प्रहरी चालक झिकाएर आफ्नो गाडी चलाउन लगाउने गरेका हुन् ।

मन्त्रालयले नियमित फाइल नै रोकिदिने भएपनि सुरक्षा निकायको नेतृत्वले पनि यस्ता दबाब झेल्ने आँट गर्दैनन् । त्यस्तै, गृहमा सुराकी खर्च दुरुपयोग पनि बढेको छ । गृहमन्त्री र गृहसचिवले दैनिक सुराकी खर्च गर्न पाउने अधिकार छ ।

त्यसको दुरुपयोग गरी गृहसचिव विनोदप्रकाश सिंह लगायत कर्मचारीले त्यस्तो रकम आफैं बुझ्ने गरेको स्रोत बताउँछ । मन्त्री नभएकाले गृहसचिव सिंहले मन्त्रीकै शैलीमा मन्त्रालय चलाउने प्रयास गरेका छन् । उनले सुधारका काम भन्दा अधिकारको दुरुपयोगतर्फ केन्द्रीत भएको स्रोत बताउँछ ।

उनकै असक्षमताका कारण एक महिनाभन्दा लामो समयदेखि मन्त्रालयमा डेढ दर्जन सहसचिव र उपसचिव जिम्मेवारीविहिन छन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलबार  १० : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो

टी-२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा