५ चैत्र २०८२, बिहिबार । March 19, 2026

राष्ट्रपति पौडेलले आज शपथ ग्रहण गर्दै


२९ फाल्गुन २०७९, सोमबार  

6
Shares

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् ।

दिउँसो एक बजे शितलनिवासमा आयोजना हुने विशेष समारोहमा पौडेलले शपथ ग्रहण गर्न लागेका हुन् । प्रधानन्यायाधीश नभएकाले कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेका हरिकृष्ण कार्कीले राष्ट्रपति पौडेललाई शपथ ग्रहण गराउनेछन् । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए ।

उनले आफ्ना प्रतिस्पर्धी नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई दोब्बरभन्दा बढी मतले पराजित गरी निर्वाचित भएका हुन् । चुनावमा पौडेलले ३३ हजार आठ सय दुई र नेम्वाङले १५ हजार पाँच सय १८ मतभार प्राप्त गरेका थिए । राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटकसम्म राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनःउम्मेदवार हुन नपाउने संविधानमा उल्लेख छ ।

नेपालमा २०६२/६३ को आन्दोलनको उपलब्धिका रुपमा मुलुकमा गणतन्त्र स्थापना भएसँगै राष्ट्रपति प्रणालीको अभ्यास सुरु भएको हो । नेपालको पहिलो राष्ट्रपति डा। रामवरण यादव र दोस्रो राष्ट्रपति विद्यादेवी भण्डारी हुन् । लगातार दुई कार्यकाल पूरा गरेकी राष्ट्रपति बनेकी भण्डारी आज शितल निवासबाट बुढानीलकण्ठस्थित निजी निवासमा सर्नेछिन् ।

कार्यकालको अन्तिम दिन भण्डारीसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित राजनीतिक दलका शीर्ष नेताहरुले शितल निवासमा भेटघाट गरेका थिए ।

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार  ९ : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो

टी-२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा