३ चैत्र २०८१, सोमबार । March 17, 2025

उपराष्ट्रपति निर्वाचन

जसपाबाट प्रमिला कुमारी र रामसहायले उम्मेदवारी दर्ता



काठमाडौं । उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीबाट दुई जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

उपराष्ट्रपतिको लागि जसपाबाट रामसहाय यादव र प्रमिला कुमारी यादवले उम्मेदवारी दर्ता गरेका हुन् । आज (शनिबार) विहान संघीय संसद भवनस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयमा गई यादवले उम्मेदवारी दर्ता गराएका हुन् । रामसहायको प्रस्तावकमा जसपा नेता अशोककुमार राई, प्रदीप यादव, एकीकृत समाजवादीका किसान श्रेष्ठ, माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत र कांग्रेसका रमेशजंग रायमाझी छन् ।

समर्थकमा रेखा यादव, अम्बिका काफ्ले, प्रकाश ज्वाला, खिमलाल देवकोटा, भानुभक्त जोशी रहेका छन् । यादवपछि प्रमिलाले पनि उम्मेदवारी दर्ता गराएका हुन् । सत्तारुढ गठबन्धनमा रहेका प्रमुख दलबीच उपराष्ट्रपति जसपाले पाउने सहमति भएको थियो ।

तर राष्ट्रपति र उपराष्ट्रपतिमा फरक लिंग वा समुदाय हुनुपर्ने संवैधानिक व्यवस्थाको व्याख्याका क्रममा फरक फरक धारणाहरु सार्वजनिक भएका छन् । कतिपयले राष्ट्रपति पुरुष भएपछि उपराष्ट्रपति महिला हुनुपर्ने धारणा राखेका छन् । सोही कारण जसपाले राम सहाय यादव र प्रमिला कुमारी गरी महिला र पुरुष दुबै उम्मेदवार खडा गरेको हो ।

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  ३ : १० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अमेरिकी डलरको भाउ स्थिर, युरो र पाउण्ड स्टर्लिङ घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायमै

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको साथै स्थानीय वायुको

नेपाल स्काउटमा सुधारको माग राख्दै अनशन, पदाधिकारीद्वारा दुर्व्यवहारको आरोप

काठमाडौं । नेपाल स्काउटमा सुधारको माग राख्दै सुरु गरिएको अनशन

रेकर्ड मूल्यबाट केही घट्यो सुनको भाउ, कति पुग्यो तोलामा ?

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

काठमाडौं । कवि तथा गजलकार सुदिम्न दाहालको पहिलो साहित्यिक कृति