४ असार २०८३, बिहिबार । June 18, 2026

अमेरिकाको सिलिकन भ्याली बैंक बन्द


२७ फाल्गुन २०७९, शनिबार  

6
Shares

एजेन्सी । क्यालिफोर्नियाका बैंकिङ नियामकहरूले वित्तीय संकटले घेरिएको सिलिकन भ्याली बैंक बन्द गरेका छन् ।

यसले अमेरिकामा फेरि एकपटक ठूलो बैंकिङ संकट उत्पन्न हुने देखिएको विष्लेषक बताउँछन् । समाचार एजेन्सी एएफपीको रिपोर्ट अनुसार सन् २००८ को आर्थिक मन्दीपछि बन्द हुने सबैभन्दा ठूलो बैंक सिलिकन भ्याली बैंक (एसभीबी) हो । नियामकले फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेशन (एफडीआइसी) रिसीभर नियुक्त गरेको छ, जसले यस विषयमा अरु काम गर्ने छ ।

यसअघि प्रि–मार्केट कारोबारमा ६६ प्रतिशतले गिरावट आएपछि बैंकको सेयर कारोबारमा रोक लगाइएको थियो । प्राविधिक कम्पनीहरूलाई कर्जा दिने एसभीबी बन्द भएको घोषणासँगै विश्व बजारमा अस्थिरता देखिएको छ र धेरै बैंकको सेयर घटेको छ । एसभीबी यस वर्ष बन्द हुने पहिलो एफडीआइसी बीमा संस्था हो ।

यसअघि साढे २ वर्ष पहिला अल्मेना स्टेट बैंक २३ अक्टोबर २०२० मा बन्द भएको थियो । यो बैंक सन् १९८३ मा स्थापना भएको थियो । यो अमेरिकामा आइटी कम्पनी, क्रिप्टो कम्पनीलाई ऋण बढी दिने बैंकको रुपमा चिनिएको थियो । क्रिप्टो फर्महरुलाई दिएको कर्जा र क्रिप्टो मार्केटमा आएको संकटले बैंक डुबेको जानकारहरु बताउँछन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  १२ : २६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा