२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

अमेरिकाको सिलिकन भ्याली बैंक बन्द



एजेन्सी । क्यालिफोर्नियाका बैंकिङ नियामकहरूले वित्तीय संकटले घेरिएको सिलिकन भ्याली बैंक बन्द गरेका छन् ।

यसले अमेरिकामा फेरि एकपटक ठूलो बैंकिङ संकट उत्पन्न हुने देखिएको विष्लेषक बताउँछन् । समाचार एजेन्सी एएफपीको रिपोर्ट अनुसार सन् २००८ को आर्थिक मन्दीपछि बन्द हुने सबैभन्दा ठूलो बैंक सिलिकन भ्याली बैंक (एसभीबी) हो । नियामकले फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेशन (एफडीआइसी) रिसीभर नियुक्त गरेको छ, जसले यस विषयमा अरु काम गर्ने छ ।

यसअघि प्रि–मार्केट कारोबारमा ६६ प्रतिशतले गिरावट आएपछि बैंकको सेयर कारोबारमा रोक लगाइएको थियो । प्राविधिक कम्पनीहरूलाई कर्जा दिने एसभीबी बन्द भएको घोषणासँगै विश्व बजारमा अस्थिरता देखिएको छ र धेरै बैंकको सेयर घटेको छ । एसभीबी यस वर्ष बन्द हुने पहिलो एफडीआइसी बीमा संस्था हो ।

यसअघि साढे २ वर्ष पहिला अल्मेना स्टेट बैंक २३ अक्टोबर २०२० मा बन्द भएको थियो । यो बैंक सन् १९८३ मा स्थापना भएको थियो । यो अमेरिकामा आइटी कम्पनी, क्रिप्टो कम्पनीलाई ऋण बढी दिने बैंकको रुपमा चिनिएको थियो । क्रिप्टो फर्महरुलाई दिएको कर्जा र क्रिप्टो मार्केटमा आएको संकटले बैंक डुबेको जानकारहरु बताउँछन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  १२ : २६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको