५ चैत्र २०८२, बिहिबार । March 19, 2026

जनयुद्धलाई अपराधिकरण गर्ने प्रयास भइरहेको छः अध्यक्ष भट्टराई


२१ फाल्गुन २०७९, आइतबार  

6
Shares

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्व माओवादीहरूलाई एक ठाउँमा आउन आग्रह गरेका छन् ।

शहीद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेसनले आज (आइतबार) राजधानीमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू माओवादीमा आइसकेको जानकारी गराउँदै अरुलाई पनि एक ठाउँमा आउन आग्रह गरेका हुन् । उनले भने, ‘हामी फेरि एक ठाउँमा आउनुपर्छ मैले त आफ्नो मन बनाइसकेको छु, आफ्ना साथीहरूलाई भनिसकेको छु । हामी चाहिँ एकैचोटी पार्टी एकता मात्रै भनेर गल मिलाउनुभन्दा पनि वहस गरौँ पहिला एक ठाउँ जम्मा हौँ, समीक्षा गरौँ, कहाँ–कहाँ क–कस्तो गल्ती भयो समीक्षा गरौँ, एउटै पार्टी बनाऔँ, समय लाग्छ भने पहिला एउटा मोर्चा बनाऔँ त्यो पनि सकेनौँ भने कार्यगत एकता गरौँ ।’

पूर्वप्रधानमन्त्री समेत रहेको डा. भट्टराईले माओवादीका मुद्दामाथि आक्रमण भइरहेको भन्दै एक ठाउँमा आउनुपर्ने बताए । जनयुद्धलाई चाहिँ अहिले अपराधिकरण गर्ने प्रयास भइरहेको उनको भनाइ थियो । उनले भने अहिले माओवादीका मुद्दामा आक्रमण भइसकेको छ ।

जनयुद्धलाई चाहिँ अहिले अपराधिकरण गर्ने प्रयास भएको छ । बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाउने हो रु यो निउँ खोजेको होइन रु तीन वर्ष अगाडिको भनाइको एउटा समान्य कुरालाई लिएर बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाउने भनेको त्यो निउँ खोजेको होइन रु जिस्केको होइन, त्यो । हो यस्तो कुरामा हामी सहकार्य गरौँ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  ४ : ५७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो

टी-२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा