३० फाल्गुन २०८१, शुक्रबार । March 15, 2025

एमालेसँग संवादको ढोका खुल्योः प्रवक्ता खतिवडा



काठमाडौं । नेकपा एकीकृत समाजवादीले राष्ट्रपति निर्वाचनमा नेकपा एमालेले पत्र लेखेर समर्थन मागेर संवादको ढोका खोलेको बताएको छ ।

पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले एमालेले पत्र लेखेकोमा धन्यवादसमेत ज्ञापन गरेका छन् । प्रवक्ता खतिवडाले सामाजिक सञ्जालमा स्टाटस पोष्ट गर्दै राष्ट्रपति निर्वाचनको विषय अगाडी बढिसकेकाले साथ दिन नसक्ने बताएका छन् । उनले एमालेको अनुरोधलाई स्विकार गर्ने स्थिति नभए पनि राजनीतिक सम्बादको वातावरण निरन्तर रहिरहेमा एजेन्डाअनुसार सहकार्यको वातावरण निर्माण हुने बताए ।

उनले लेखेका छन्, ‘पत्रका लागि धन्यवाद । यसले औपचारिक रुपमा राजनीतिक सम्बादको ढोका खोलिदिएको छ,’ पत्र पाए पछि खतिवडाले भने, ‘राष्ट्रपति निर्बाचनको सन्दर्भमा समय निकै अगाडि बढिसकेको हुदा एमालेको अनुरोधलाई स्विकार गर्ने स्थिति नभएता पनि सकारात्मक सोचका साथ राजनीतिक सम्बादको वातावरण निरन्तर रहिरहेमा एजेन्डाअनुसार सहकार्यको वातावरण निर्माण हुन सक्दछ ।’ नेकपा एमाले अध्यक्ष केपि शर्मा ओलीले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई सम्बोधन गरेर एमालेका राष्ट्रपति उमेदवार सुबास नेम्बाङलाई मतदान गर्न अनुरोध पत्र लेखेका थिए । सो पत्र पाए पछि जवाफमा प्रवक्ता खतिवडाले राजनीतिक संवादको ढोका खोलेको बताएका छन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  ९ : ३२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

चुङ्गी खेलको विवादले गर्दा गोदावरीमा किशोरमाथि चक्कु प्रहार

ललितपुर। ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर–१ मा रहेको गोदामचौर इलाकामा

सरकारको आम्दानीभन्दा खर्च बढी, विकास खर्चमा कमजोरी

काठमाडौं । नेपालको चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिकसम्म

रूपन्देहीमा नेकपा (एकीकृत समाजवादी) जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा

बुटवल। नेकपा (एकीकृत समाजवादी) रूपन्देहीको आगामी जिल्ला अधिवेशनको तयारी तीव्र

न्यूजील्यान्ड एनआरएनए अध्यक्ष पदका लागि डा. अच्युत अर्यालको उम्मेदवारी

बुटवल । भैरहवा निवासी डा. अच्युत अर्यालले गैरआवासीय नेपाली संघ

गुलाम अली पहिलोपटक नेपालमा, पुल्चोकमा भव्य गजल प्रस्तुत गर्ने

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अली बिहीबार बेलुका काठमाडौं