२० मंसिर २०८२, शुक्रबार । December 5, 2025

दिलीप महतो हत्या प्रकरणः दुई जनालाई २५–२५ वर्ष कैद सजाय



धनुषा । अवैध उत्खननको विरोध गर्दै आएको दिलीप महतोको हत्यामा संलग्न दुई जनालाई जिल्ला अदालत धनुषाले दुई जनालाई २५/२५ वर्ष कैद सजाय सुनाएको छ ।

जिल्ला अदालतका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले विपिन र मुनिन्द्रलाई उक्त सजाय सुनाएको हो । त्यस्तै हत्यामा संलग्न जितेन्द्र महतोलाई भने १२ वर्ष कैद सजाय सुनाइएको छ । जितेन्द्रलाई २ लाख ५० हजार जरिवाना समेत गरिएको छ। अभियुक्त विपिन र मुनिन्द्रलाई अदालतले ५/५ लाख जरिवाना पनि तोकेको छ ।

गत फागुन २ गते अदालतले विपिन र मुनीन्द्रलाई दिलीपको मनसायपूर्वक हत्या गरेकामा दोषी ठहराइएको थियो । जितेन्द्रलाई हत्याको मतियार भएकामा कसुरदार ठहराए पनि अदालतले शुक्रबार मात्र फैसला निर्धारण भएको हो । हत्याको अभियोग लागेका उद्योग सञ्चालक विनोद महतो र कामदारहरू सत्यनारायण महतो, शत्रुघन महतो र रोशनकुमार महतोले भने सफाइ पाएका छन् ।

घर अगाडिको औरही खोलाबाट भइरहेको ढुंगा, गिट्टी र बालुवाको अवैध उत्खननको विरोध गर्दा दिलीप भनिने ओमप्रकाश महतोको २०७६ पुस २५ गते मृत्यु भएको थियो ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ६ : १२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको