२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

सन्दीप लामिछानेलाई अदालतले दिएन विदेश जाने अनुमति



काठमाडौं । नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजको युएई भ्रमण गुमाउने भएका छन् ।

आफूलाई देश बाहिर जान रोक लगाउन उच्च अदालत पाटनको आदेशविरुद्ध सन्दीपले दिएको रिटमा शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले कुनै आदेश नदिएको हो । तर, सन्दीपको निवेदन एकैसाथ राखेर १४ गतेलाई पेशी तोक्न आदेश जारी भएको छ । युएई र पपुवा न्युगिनीविरूद्धको ओडिआई सिरिजका नेपाली टिम भोलि (शनिबार) युएई जाँदैछ ।

नेपालले २७ फेब्रुअरीमा पपुवा न्युगिनी, मार्च २ मा युएई, मार्च ३ मा पपुवा न्युगिनी र मार्च ६ मा युएईसँग खेल्नेछ । त्यसपछि नेपालले पपुवा न्युगिनी र युएईसँग घरेलु मैदानमा खेल्नेछ । ६ महिनापछि घरेलु मैदानमा सम्पन्न स्कटल्याण्ड र नामिविया सम्मिलित त्रिकोणात्मक ओडिआई सिरिजमा सन्दीपले उत्कृष्ट कमव्याक गरेका थिए ।

सिरिजमा नेपालले ‘क्लीन स्विप’ गरेको थियो । जसमा बलिङतर्फ सन्दीप नायक बनेका थिए । चारवटै खेलमा नेपालका तर्फबाट उनले एकनाशले उत्कृष्ट प्रदर्शन गरे । उनले सुरुका तीनमा खेलमा ३र३ विकेट लिए भने अन्तिम खेलमा महत्वपूर्ण ४ विकेट लिएका थिए ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ६ : ०८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको