५ पुस २०८२, शनिबार । December 21, 2025

माधव नेपाललाई एक वर्ष प्रधानमन्त्री बनाउने कांग्रेसको प्रस्ताव



काठमाडौं । पुरानो ५ दलीय गठबन्धन ब्यूताउँन दलहरु सहमति नजिक पुगेका छन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा र नेकपा एकीकृत समाजवादी पुरानै गठबन्धन ब्यूताउन सहमति नजिक पुगेका हुन् । उनीहरुले साँझ पाँच बजे बैठक बसेर राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउने निर्णय गरेका छन् । आज बिहान बसेको बैठकमा चार दलबीच साझा समझदारी बनेको र आ–आफ्ना पार्टीभित्र छलफल गरेर साँझ ५ बजे राष्ट्रपति उम्मेदवारको टुंगो लगाउने निर्णय भएको कांग्रेस महामन्त्री गगन थापाले बताए ।

उनका अनुसार राष्ट्रपति उम्मेदवारको रुपमा कांग्रेस र एकीकृत समाजवादी पार्टीबाट प्रस्ताव आएको थियो । त्यस्तै बैठकमा सहभागी एक नेताका अनुसार नेपाली कांग्रेसले माधव नेपाललाई एक वर्ष प्रधानमन्त्री बनाउने प्रस्ताव गरेको छ । कांग्रेसलाई राष्ट्रपति दिएर पाँच वर्षभित्रै एक वर्ष नेता नेपाललाई प्रधानमन्त्री बनाउने प्रस्ताव आएको हो ।

तर, बैठकपछि कांग्रेस महामन्त्री गगन थापाले विभिन्न विकल्पमा छलफल भइरहेको बताए । उनले भने, ‘अहिले विभिन्न विकल्पमा छलफल भइरहेको छ । बैठक सरकारात्मक छ । आजै पाँच बजे बसेर सबै टुंग्याउँछौं ।’

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  १ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले