५ चैत्र २०८२, बिहिबार । March 19, 2026

राष्ट्रपतिमा सहमति खोज्न दलहरु आजपनि दौडधुपमा


१२ फाल्गुन २०७९, शुक्रबार  

6
Shares

काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि सहमति खोज्न दलहरु आजपनि निर्णयक वार्तामा जुटेका छन् ।

सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज नेकपा एमालेका अध्यक्ष केपी ओलीसंग पनि निर्णयक वार्ता गर्ने तयारी गरेका छन् । वार्ता दिउँसो हुने भनिएको छ । यद्यपी समय र स्थापन भने निर्धारण गरिएको छैन् । त्यसघि प्रधानमन्त्री दाहालले नेपाली कांग्रेस संग पनि वार्ताको तयारी गरेका छन् ।

कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाको संयुक्त बैठक बस्ने तयारी भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बिहिबार माओवादी, एकीकृत समाजवादी र जसपाको संयुक्त बैठक बसेको थियो । सोही बैठकले आज कांग्रेससँग पनि वार्ता गर्ने सहमति गरेको हो ।

आजको बैठकले कांग्रेस नेतृत्वको पाँचदलीय गठबन्धन ब्यूँताउने तयारीलाई औपचारिकता दिने नेताहरु बताउँछन् । कांग्रेससहितको बैठक राष्ट्रपतिको साझा उम्मेदवार चयन गर्ने र पुरानो सत्ता गठबन्धन व्युँताउने विषयमा केन्द्रित हुने देखिएको छ ।

२५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि १३ गते मनोनयन दर्ताको कार्यक्रम रहेकाले दलहरु आजै साझा उम्मेदवार टुंगो लगाउने प्रयासमा छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ८ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो

टी-२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा