५ पुस २०८२, शनिबार । December 20, 2025

नेपालको नयाँ राष्ट्रपतिमा भारतीय प्रोफेसरको चासो



काठमाडौं । नेपालका आन्तरिक मामलाहरुमा टिप्पणी गरिराख्ने भारतीय चिन्तक एसडी मुनीले आगामी राष्ट्रपति चयनका विषयमा चासो राखेका छन् ।

उनले सोमबार ट्वीट गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाइलाई बल पुग्नेगरी नेपालको नयाँ राष्ट्रपति उम्मेदवारका विषयमा आफ्नो राय प्रस्तुत गरेका हुन् । उनले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने माग जायज भएको उल्लेख गर्दै चार जना गैरराजनीतिक व्यक्तिको नामसमेत लिएका छन् । राष्ट्रपति निर्वाचनका लागि दलहरूबीच उम्मेदवार छनोट गर्न सकस परिरहेका बेला एसडी मुनीले राष्ट्रपतिका लागि अनुराधा कोइराला, दमननाथ ढुंगाना, देवेन्द्रराज पाण्डे र प्राध्यापक बरालको नाम लिएका छन् ।

उनले भनेका छन्, ‘नेपालमा सर्वसम्मतिबाट नयाँ राष्ट्रपतिको माग जायज छ ।’ प्रधानमन्त्री प्रचण्ड र माओवादी केन्द्रले राष्ट्रपति उम्मेदवारमा राष्ट्रिय सहमति हुनुपर्ने बताउँदै आएका छन् । तर, नेकपा एमालेले यसमा विरोध गर्दै आएको छ ।

पुस १० को सहमतिअनुसार उसले एमालेको उम्मेदवार राष्ट्रपति बन्नुपर्ने अडान राख्दै आएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारको नाम १३ गते मात्रै सार्वजनिक गर्ने बताएका छन् । तर, स्रोतका अनुसार एमालेले राष्ट्रपतिमा ईश्वर पोखरेलको पक्षमा लबिङ गर्दै आएको छ ।

फागुन २५ गते नयाँ राष्ट्रपतिको निर्वाचन हुँदैछ । त्यसका लागि फागुन १३ गते उम्मेदवारी दर्ताको कार्यक्रम छ । हालकी राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल भने फागुन २८ गते सकिने छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  १ : १९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले