२३ माघ २०८१, बुधबार । February 5, 2025

सिडिओहरूलाई गृहको निर्देशनः कर्मचारीमाथि निगरानी बढाउनू



काठमाडौं । गृह मन्त्रालयले आफू मातहतका कर्मचारीमाथि निगरानी बढाउन देशभरका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

कर्मचारीबाट हुने ढिलासुस्ती, आर्थिक अनियमितता, अल्छि प्रवृतीविरुद्ध निगरानी बढाउन निर्देशन दिएको हो । सचिवस्तरिय निर्णय गरेर दिएको निर्देशनमा गृह मन्त्रालयले कर्मचारीहरू समयमा कार्यालय उपस्थित नहुने, हाजिर भएर कार्यालय बाहिरको काममा हिँड्ने, अनावश्यक सभा, गोष्ठिमा सहभागी हुने प्रवृती बढेको भन्दै सचेत गराएको हो । यस्तै, कर्मचारीहरूबाट सेवाग्रोहीलाई अनावश्यक दुःख दिने, आर्थिक अनियमिततामा संलग्न हुने प्रवृती मौलाएको पनि उल्लेख छ ।

त्यस्ता खराब अवस्थाको अन्त्यका लागि उनीहरुमाथि मसिनो निगरानी बढाउन पत्राचार गरेको हो । मन्त्रालयले प्रधानमन्त्रीको निर्देशनअनुसारको निर्देशन भन्दै जारी गरेको सर्कुलरमा कर्मचारीलाई कार्यालय समयको पालना गराउन भनेको छ। यस्तै कर्मचारीहरूलाई कार्यालय बाहेकको अनावश्यक सभा, गोष्ठि तथा सम्मेलनमा सहभागी हुनबाट रोक लगाउन पनि भनिएको छ ।

त्यस्ता गोष्ठि, सभा सम्मेलनमा सहभागी हुनै परेमा एक जनामात्रै कर्मचारी सहभागी हुन र त्यस कार्यक्रमको प्रतिवेदन लिने व्यवस्था गर्न समेत निर्देशन दिएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  ४ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको मूल्यमा भारी बृद्धि, कति पुग्यो तोलामा ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ

महिला टी–२० सिरिजः नेपाल र नेदरल्यान्ड्स भिड्दै, पहिलो जितको खोजिमा नेपाल

काठमाडौं । त्रिवि मैदानमा जारी त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट

घट्यो अमेरिकी डलरको भाउ, अन्य मुद्रा कुनको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर

आजको मौसमः बढ्यो काठमाडौंको तापक्रम, यी प्रदेशमा हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ

माघ २३ गते बुधबारको तपाईँको राशिफल

काठमाडौं । आज मिति २०८१ साल माघ महिनाको २३ गते