३० माघ २०८२, बिहिबार । February 12, 2026

१८ दिनमै रिहा भए सांसद चौधरी



काठमाडौं । कैलाली क्षेत्र नंबर २ बाट निर्वाचित प्रतिनिधिसभा सांसद अरूण चौधरी रिहा भएका छन् ।

कैलाली जिल्ला कारागारमा रहेका उनी राष्ट्रपति विद्यादेवी भण्डारीबाट सजाय मिनाहा पाएसँगै रिहा भएका हुन् । उनलाई कारागार चलान गरिएको १८ दिन भएको थियो । राष्ट्रपति कार्यालयले शुक्रबार विज्ञप्ती जारी गर्दै प्रजातन्त्र दिवसको उपलक्ष्यमा तीन सय ९५ जनाको कैद सजाय माफी दिने जनाएको थियो ।

कैलाली कारागारमा रहेका सांसद चौधरीसहित अन्य १४ जनाको पनि कैद मिनाहा माफी गरिएको छ । सांसद चौधरीले ढुंगा लिन चिसापानीस्थित गोरांगा खोलाबाट ढुंगा लोड गरी लम्कीतर्फ आउँदै गरेका चालक साजन चौधरीलाई ८/१० जनासहित कुटपिट गरी ट्याक्टरमा आगो लगाइ आठ लाख ७५ हजार रूपैयाँको क्षति पुर्याएको भन्दै मुद्दा परेको थियो । यही मुद्दामा उनलाई कैलाली जिल्ला अदालतले २०७० बैशाख ९ गते दोषी ठहर गरेको थियो ।

उक्त घटनामा दोषी ठहर गर्दै चौधरीलाई अदालतले ६ महिनाको कैद सजायसहित आठ लाख १९ हजार २३ रूपैयाँ जरिवानाको सजाय सुनाएको थियो ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  १ : १५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

टी-२० विश्वकपः आफ्नो दोस्रो खेलमा इटलीसँग भिड्दै नेपाल

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको

पिएसएल खेल्दै नेपाली टाइगर दीपेन्द्र, ३१ लाखमा बिक्री

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलिका अलराउन्डर दीपेन्द्र सिंह ऐरीले

Building Bridges in Kathmandu: A Day in the Life of a Russian Diplomat in Nepal

Kathmandu- This year, Russia marks Diplomatic Workers’ Day on 10 February,

टी–२० विश्वकपः रोमाञ्चक खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भयो नेपाल

काठमाडौं । मुम्बईमा जारी आईसीसी टी–२० विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा

टी–२० विश्वकपः इंग्ल्यान्डद्वारा नेपाललाई १८५ रनको चुनौतपूर्ण लक्ष्य प्रस्तुत

काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेल