६ पुस २०८२, आइतबार । December 21, 2025

१८ दिनमै रिहा भए सांसद चौधरी



काठमाडौं । कैलाली क्षेत्र नंबर २ बाट निर्वाचित प्रतिनिधिसभा सांसद अरूण चौधरी रिहा भएका छन् ।

कैलाली जिल्ला कारागारमा रहेका उनी राष्ट्रपति विद्यादेवी भण्डारीबाट सजाय मिनाहा पाएसँगै रिहा भएका हुन् । उनलाई कारागार चलान गरिएको १८ दिन भएको थियो । राष्ट्रपति कार्यालयले शुक्रबार विज्ञप्ती जारी गर्दै प्रजातन्त्र दिवसको उपलक्ष्यमा तीन सय ९५ जनाको कैद सजाय माफी दिने जनाएको थियो ।

कैलाली कारागारमा रहेका सांसद चौधरीसहित अन्य १४ जनाको पनि कैद मिनाहा माफी गरिएको छ । सांसद चौधरीले ढुंगा लिन चिसापानीस्थित गोरांगा खोलाबाट ढुंगा लोड गरी लम्कीतर्फ आउँदै गरेका चालक साजन चौधरीलाई ८/१० जनासहित कुटपिट गरी ट्याक्टरमा आगो लगाइ आठ लाख ७५ हजार रूपैयाँको क्षति पुर्याएको भन्दै मुद्दा परेको थियो । यही मुद्दामा उनलाई कैलाली जिल्ला अदालतले २०७० बैशाख ९ गते दोषी ठहर गरेको थियो ।

उक्त घटनामा दोषी ठहर गर्दै चौधरीलाई अदालतले ६ महिनाको कैद सजायसहित आठ लाख १९ हजार २३ रूपैयाँ जरिवानाको सजाय सुनाएको थियो ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  १ : १५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले