२३ माघ २०८१, बुधबार । February 5, 2025

दुर्गा प्रसाइँलाई कारबाही गर्ने एमालेको तयारी



झापा । नेकपा एमालेले पार्टीका केन्द्रीय सदस्य दुर्गा प्रसाइँलाई कारबाही गर्ने तयारी गरेको छ ।

एमाले प्रदेश १ कमिटीले केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई कारबाही गर्न केन्द्रमा सिफारिस गरेको हो । शनिबार बसेको प्रदेश कमिटीको बैठकले प्रसाईँले पार्टीको हितविपरित गतिविधि गरेको भन्दै कारबाहीको सिफारिस गरेको हो । प्रदेश १ कमिटी संयोजक तुलसी न्यौपानेका अनुसार प्रसाईंका पछिल्ला गतिविधि पार्टी हितविपरित रहेकाले उनलाई कारबाहीको सिफारिस गरिएको हो ।

दुर्गा प्रसाईंले केही दिनअघि पूर्वराजा ज्ञानेन्द्र शाह र पारसलाई सहभागी गराएर झापामा एक कार्यक्रमको आयोजना गरेका थिए । मुलुकमा गणतन्त्र स्थापनाका लागि एमालेले गरेको योगदानलाई बिर्सेर प्रसाईंले आफ्नो मनोमानी तरिकाले पार्टी हितविपरित कार्य गरेको एमाले नेताहरूले बताएका छन् । प्रदेश कमिटीको सिफारिस अनुसार प्रसाइँदलाई कारबाही प्रक्रिया अगाडि बढाइएको एमालेले जनाएको छ ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले प्रदेश कमिटीको पत्रानुसार प्रसाइँलाई कारबाही प्रक्रिया अगाडि बढाएको बताएका छन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०७९, शनिबार  १२ : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको मूल्यमा भारी बृद्धि, कति पुग्यो तोलामा ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ

महिला टी–२० सिरिजः नेपाल र नेदरल्यान्ड्स भिड्दै, पहिलो जितको खोजिमा नेपाल

काठमाडौं । त्रिवि मैदानमा जारी त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट

घट्यो अमेरिकी डलरको भाउ, अन्य मुद्रा कुनको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर

आजको मौसमः बढ्यो काठमाडौंको तापक्रम, यी प्रदेशमा हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ

माघ २३ गते बुधबारको तपाईँको राशिफल

काठमाडौं । आज मिति २०८१ साल माघ महिनाको २३ गते