१५ फाल्गुन २०८२, शुक्रबार । February 27, 2026

हात्तीपाइलेविरुद्ध औषधि सेवन कार्यक्रम



काठमाडौं । राष्ट्रिय हात्तीपाइले रोग निवारणका लागि आम औषधि सेवन कार्यक्रम यही फागुन ११ गतेदेखि सुरु हुनेभएको छ ।

रोग देखापरेकोे छ प्रदेशका १५ जिल्लामा औषधि सेवन कार्यक्रम सञ्चालन गर्न लागिएकोे हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासका अनुसार झापा, मोरङ, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, रसुवा, लमजुङ, पर्वत, बाग्लुङ, कपिलवस्तु, दाङ, बाँके र कैलाली जिल्लामा यस वर्ष औषधि खुवाउने कार्यक्रम सञ्चालन हुनेछ । उनले भने, ‘१५ जिल्लाका ८५ लाख जनसङ्ख्यामा हात्तीपाइले रोग समस्याका रुपमा रहेको छ ।

यस रोगलाई सन् २०३० सम्म निवारण गर्ने लक्ष्य पूरा गर्नका लागि औषधि सेवन कार्यक्रम प्रभावकारी बनाउन आवश्यक छ ।’ सन् २००३ देखि ६४ जिल्लामा सञ्चालन गरिएको अभियान अहिले १४ जिल्लामा सञ्चालन हुँदै आएको छ । यी जिल्लाका बासिन्दामा हात्तीपाइले रोगविरुद्ध हरेक दुई–दुई वर्षमा रगत परीक्षण गर्दा पनि अपेक्षाकृतरुपमा नघटेकाले अभियान आयोजना गरिएको होे ।

थप गरिएको एक जिल्ला रसुवामा हात्तीपाइले रोगको सङ्क्रमण देखिएपछि औषधि सेवनको अभियान सञ्चालन हुन लागको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  ५ : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो

टी-२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा

टी–२० विश्वकपः वेस्ट इन्डिजविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

मुम्बई । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो

प्रशान्त लोहनीको नेतृत्वमा देशभर युवा सामाजिक अभियान सफल

काठमाडौं । लियो क्लब अफ काठमाडौं बालाजु हाइट का अध्यक्ष