२५ बैशाख २०८२, बिहिबार । May 8, 2025

सांसद चन्द्र भण्डारीले गुमाए आमा



काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीका आमा हरिकला भण्डारीको निधन भएको छ ।

बुधबार राति खाना पकाउने ग्यास सिलिण्डर पण्डिएर गम्भीर घाइते भएका ८६ वर्षकी हरिकलाको उपचारको क्रममा कीर्तिपूरस्थित बर्न अस्पतालमा १०ः५७ बजे निधन भएको हो । अस्पतालले विज्ञप्ति जारी गर्दै उनको शरीर ७० प्रतिशत जलेको बताएको थियो । आमासँगै घाइते भएका नेता भण्डारीको भने उपचार भइरहेको छ ।

तर, उनको पनि अवस्था जटिल बन्दै गएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । नेता भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा लैजाने तयारी गरिएको छ । गएराति बुद्धनगरस्थित घरमा ग्यास लिक भएर आगलागी हुँदा आमा घाइते भएको र बचाउन जाँदा सांसद भण्डारी पनि घाइते भएका थिए ।

भण्डारीको अनुहार, दुवै हात र दुवै खुट्टा गरी करिब ३० प्रतिशत भाग जलेको बताइएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहिबार  १२ : ०७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

एकैदिन तोलामा ६ सयले बढ्यो सुनको मूल्य! आज कति पुग्यो ?

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भएको सामान्य वृद्धिको असर

भारतको हवाई आक्रमणमा पाकिस्तानमा ३१ जनाको मृत्यु, तनाव चुलिंदै

काठमाडौं। भारतले पाकिस्तानमाथि गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या

इन्डोनेसियामा भयानक सडक दुर्घटना, ११ जनाको मृत्यु

एजेन्सी । इन्डोनेसियाको मध्य जाभा प्रान्तको सिलाकाप जिल्लामा बुधबार बिहान

ग्वेन्ग्याम्पको अन्तिम मुस्कान: सावित्राको ह्याट्रिकले दिलायो दुर्लभ जित

एजेन्सी । फ्रान्सको महिला फुटबल लिगको अन्तिम खेलमा नेपाली स्ट्राइकर

च्याम्पियन्स लिगको उपाधिका लागि इन्टर मिलान र पीएसजी भिड्ने

एजेन्सी । युरोपेली च्याम्पियन्स लिगको उपाधि अब इटालियन क्लब इन्टर