५ पुस २०८२, शनिबार । December 20, 2025

देश बरबाद बनाउन विभिन्न शक्ति क्रियाशील छन्ः ओली



काठमाडौं । प्रमुख सत्ता साझेदार एमाले अध्यक्ष केपी शर्मा ओलीले देश बरबाद बनाउन विभिन्न शक्ति क्रियाशील रहेको बताएका छन् ।

आजबाट काठमाडौंमा सुरु भएको अनेरास्ववियुको राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले देश बरबाद बनाउन भित्र र बाहिरका शक्ति क्रियाशील रहेको बताएका हुन् । ‘हामीले अनेकौँ उत्तारचढाप देखेका छौँ, फेरि पनि आउँछन् उत्तारचढाप आउँछ,’ उनले भने, ‘अहिले साथीहरू काफी प्रसन्न भएको देख्छु । हामीले पाँच दलीय गठबन्धन तोडेर अर्को एउटा सरकार बनाएका छौँ, यो सफलताको कुरा हो। यो अवस्था फेरियो भने, संसद्को बनावट नै अस्थिरताको कारक हुने खालको बनावट छ ।

संसद्मा हाम्रो बहुमत छैन । अनेक प्रकारका, भित्रका, बाहिरका शक्तिहरू यो देश बरबाद पार्न क्रियाशील छन् ।’ एमालेनिकट अनेरास्वियुको २३औँ राष्ट्रिय महाधिवेशन आजबाट सुरु भएको हो । कमलादीस्थित प्रज्ञा भवनमा एमाले अध्यक्ष ओलीले महाधिवेशनको उद्घाटन गरेका हुन् ।

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलबार  ४ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले