९ फाल्गुन २०८१, शुक्रबार । February 22, 2025

ल्होत्से मलमा लुटपाट गर्नेलाई कारबाही गर्न निर्देश



काठमाडौं । सोमबार यातायात मजदुरको आन्दोलनमा नयाँ बसपार्कस्थित ल्होत्से मलमा लुटपाट गर्नेलाई कारबाही गर्ने गृहमन्त्रालयले प्रहरीलाई निर्देशन दिएको छ ।

सोमबार आन्दोलनकारीको एक समूहले ल्होत्से मलमा सञ्चालित पसलबाट मोवाइल लुटपाट गरेका थिए । उनीहरुले लुटपाट गरेको भिडियोहरु समेत अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । आज (मंगलबार) गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहलाई टेलिफोन गरी उक्त घटनामा संलग्नको पहिचान गरेर कारबाही गर्न निर्देशन दिएका हुन् ।

सोमबार मलबाट आठ करोडभन्दा बढीको सामन लुटिएको व्यावसाहीले जनाएका छन् । सोमबार नयाँ बसपार्कको ब्यवस्थापन लिएको ल्होत्से समूहले यातायात व्यवसायीमाथि हातपात गरेको भन्दै उक्त समूहको मलमा आन्दोलनकारीले तोडफोड गरेका थिए । त्यसैबेला आन्दोलनकारीले करोडौंको सामान चोरी भएको ल्होत्से मलका व्यवसायीहरुको भनाइ छ ।

सीसीटिभी फुटेजको आधारमा लुटपाटमा संलग्नहरुको खोजी भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलबार  ३ : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लामिनारले टाइल्सले सार्वजनिक गर्‍यो नेपालकै पहिलो फुल-बडी टाइल संग्रह ‘cento’

काठमाडौं । नेपालकै पहिलो र एकमात्र भिट्रिफाइड टाइल ब्राण्ड लामिनार

तोलामा १ हजारले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको अन्तिम कारोबारको दिन शुक्रबार नेपाली बजारमा सुनको

कराँते वान युथ लिगः नेपालकी ऐरिका गुरुङलाई रजत पदक

एजेन्सी । यूएईमा जारी कराँते वान युथ लिगमा नेपालकी ऐरिका

च्याम्पियन्स ट्रफीः भारतको विजयी शुरूवात, बङ्गलादेश ६ विकेटले पराजित

काठमाडौं । जारी च्याम्पियन्स ट्रफी अन्तर्गत गएराति भएको खेलमा भारतले

घट्यो अमेरिकी डलरको मूल्य, पाउण्ड र युरो पनि ओरालो लाग्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर