५ पुस २०८२, शनिबार । December 20, 2025

यातायात मजदुरको आन्दोलन फिर्ता 



काठमाडौं । तीन वटा यातायात मजदूर संगठनले आह्वान गरेको सार्वजनिक यातायात बन्द आन्दोलन फिर्ता भएको छ ।

नेपाल सरकार र यातायात व्यवसायीबीच भएको वार्ता सकारात्मक भएपछि यातायात बन्द फिर्ता भएको छ । सम्झौता गरिएका मागहरू पूरा नगरेको भन्दै आन्दोलनमा उत्रिएका यातायात मजदुर र व्यवसायीसँग सरकारले फागुन २ गते वार्ता गरेको थियो । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको पहलमा भएको वार्तापछि बन्दा फिर्ता भएको जानकारी उपप्रधानमन्त्री श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीले दिए ।

फागुन १ गते बालाजु बसपार्कमा भएको झडपपछि नेपाल यातायात स्वतन्त्र मजदूर सङ्गठन, अखिल नेपाल यातायात मजदूर सङ्घ र नेपाल यातायात मजदूर सङ्घले यातायात बन्द गरेका थिए । शान्तिपूर्ण प्रदर्शन गरिरहेका मजदूरमाथि आक्रमण भएको र प्रहरीले मजदूरलाई पक्राउ गरेको भन्दै उनीहरूले यातायात बन्द गरेका थिए।

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलबार  ११ : ०६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले