५ पुस २०८२, शनिबार । December 20, 2025

सडकबाट जनयुद्ध गरेर नयाँ परिवर्तन स्थापित गर्छौँः धर्मेन्द्र बास्तोला



काठमाडौं । नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोलाले नयाँ प्रकारको जनयुद्धको तयारी गरिरहेको बताएका छन् ।

जनयुद्ध दिवसका अवसरमा सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बास्तोलाले यसअघि जंगलमा गएर जनयुद्ध गरेको र अब सडकबाट खुल्ला रूपमा जनयुद्ध गरेर नयाँ परिवर्तन स्थापित गर्ने बताए । नयाँ प्रकारको जनयुद्धबाटै नयाँ समाज स्थापित गर्ने उनको भनाई छ । उनले मुलुकलाई परिवर्तन गर्नका लागि क्रान्तिकारीबीच एकताको अभियान चलेको बताएका छन् ।

बास्तोलाले अब नेपालको कम्युनिस्ट आन्दोलनमा टुटफुटको श्रृखलालाई अन्त्य गर्दै कम्युनिस्ट ध्रुवीकरणको वातावरण बन्दै गएको बताए । अहिले प्रचण्ड, बाबुराम लगायतका नेताहरूमा देखिएको समस्याका कारण माओवादप्रति प्रश्न उठ्ने गरे पनि अहिले पनि माओवाद जीवित रहेको उनले बताए । कार्यक्रममा नेकपा बहुमतका केन्द्रीय कार्यालय सदस्य हेमन्तप्रकाश वलीले पार्टी भित्र मुलुक रूपान्तरणको नयाँ बिचारको थालनी भइसकेको भन्दै यसलाई निष्कर्षमा पुराउने बताए ।

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  ५ : ५२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले