२९ चैत्र २०८१, शनिबार । April 12, 2025

आन्दोलनरत चिकित्सक र सरकारी टोलीबीच वार्ता



काठमाडौं । चिकित्सकमाथी भरएको आक्रमणको विरोधमा आन्दोलनरत चिकित्सकका प्रतिनिधि र सरकारी टोलीबीच सिंहदरबारमा बिहानैदेखि वार्ता भइरहेको छ ।

राष्ट्रपतिको सवारीको क्रममा हिडेको भन्दै ट्रमा सेन्टरका डा. जनिथलाल सिंहमाथी कुटपिट गरेको घटनामा नेपाल चिकित्सक संघले आन्दोलन घोषणा गरेपछि समस्या समाधानका लागि दुई पक्ष वार्तामा जुटेका हुन् । वार्तामा सरकारको तर्फबाट प्रधानमन्त्री कार्यालयका सचिव डा. गणेश पाण्डे र चिकित्सकहरुको तर्फबाट नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की नेतृत्वको टोली सहभागी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा जारी वार्तामा ट्रमा सेन्टरका निर्देशक रुद्र मरासिनीसमेत सहभागी छन् ।

माघ २७ गते राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा ट्रमा सेन्टरका एक चिकित्सकलाई सुरक्षाकर्मीले लाठी प्रहार गरेर घाइते बनाएको भन्दै नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकहरुले आज देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गरेका छन् । स्वास्थ्य मन्त्रालयले आन्दोलन फिर्ता लिन र नियमित सेवामा खटिन पनि नेपाल चिकित्सक संघलाई आह्वान गरेको छ । उक्त घटनामा प्रहरीले डाक्टरमाथि लाठी चार्ज गर्ने प्रहरीलाई निलम्बन गरी अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  १० : १६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिद्धबाबा मन्दिर नजिक पहिरोले कार च्याप्यो, यात्रु सकुशल

बुटवल । बुटवलबाट पाल्पातर्फ जाँदै गरेको एक कार सिद्धार्थ राजमार्गमा

नेपाल र हङकङबीच टी–२० भिडन्त आज, फाइनल पुग्ने लक्ष्यमा नेपाल

काठमाडौँ । हङकङमा जारी चारदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत नेपाल आज

भियतनामका १८० बौद्ध धर्मावलम्बी विशेष चार्टर विमानमार्फत लुम्बिनी दर्शनमा

काठमाडौँ । भियतनामका १८० जना बौद्ध धर्मावलम्बीहरू विशेष चार्टर विमानमार्फत

दुर्गा प्रसाईं हत्कडीसहित चन्द्रगढी विमानस्थल हुँदै काठमाडौं

काठमाडौं । राजावादी आन्दोलनमा संलग्न रही चैत १५ गते काठमाडौंको

अल्फाबेट मन्टेश्वरीको प्रथम अभिभावक दिवस तथा ग्र्याजुएसन कार्यक्रम सम्पन्न

काठमाडौं । तारकेश्वर नगरपालिका–६ पैँयाटारमा रहेको अल्फाबेट मन्टेश्वरीले प्रथम अभिभावक