२३ माघ २०८१, बुधबार । February 5, 2025

बालुवाटारमा उच्चस्तरीय संयन्त्रको बैठक जारी



काठमाडौं । सरकार सञ्चालका लागि गठित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहि बेरअघि बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।आजको बैठकमा रास्वपा सरकारबाट बाहिरिएपछिको राजनीतिक अवस्था, राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन, मन्त्रीपरिषदलाई पूर्णता दिने लगायत समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ । यसअघि शुक्रबार पनि संयन्त्रको बैठक बसेको थियो ।

तर उक्त बैठकमा राष्ट्रपति निर्वाचनबारे कुनै छलफल भएन् । रास्वपाले आफ्ना तीन मन्त्री सरकारबाट फिर्ता बोलाए पनि ती मन्त्रालयमा नयाँ मन्त्री नियुक्त भएका छैनन् । गठबन्धनको छलफलमा रास्वपालाई पुनः सरकारमा ल्याउनेबारे पनि कुराकानी भइरहेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिको पहल गर्ने बताइरहेका छन् । यता एमाले अध्यक्ष केपी शर्मा ओली भने गत पुस १० को सहमतिअनुसार राष्ट्रपति आफूहरूले पाउनुपर्ने दाबी गरिरहेका छन् । बैठकमा प्रधानमन्त्री एवम् माओावादी अध्यक्ष प्रचण्ड, एमाले अध्यक्ष ओली, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्दने र रास्वपाका सभापति रवि लामिछाने सहभागी छन् ।

सत्तारुढ गठबन्धन तथा सरकारमा सहभागी भएर पनि सीके राउत नेतृत्वको जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, जसपा नेपाल भने बैठकमा अनुपस्थित रहेको छ ।

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  १० : ०७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महिला टी–२० सिरिजः नेपाल र नेदरल्यान्ड्स भिड्दै, पहिलो जितको खोजिमा नेपाल

काठमाडौं । त्रिवि मैदानमा जारी त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट

घट्यो अमेरिकी डलरको भाउ, अन्य मुद्रा कुनको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर

आजको मौसमः बढ्यो काठमाडौंको तापक्रम, यी प्रदेशमा हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ

माघ २३ गते बुधबारको तपाईँको राशिफल

काठमाडौं । आज मिति २०८१ साल माघ महिनाको २३ गते

नेपाल औषधि लिमिटेडले पायो अन्तर्राष्ट्रिय मान्यताको प्रमाणपत्र

काठमाडौं । नेपाल औषधि लिमिटेडले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड कुशल