५ चैत्र २०८२, बिहिबार । March 19, 2026

बालुवाटारमा उच्चस्तरीय संयन्त्रको बैठक जारी


२९ माघ २०७९, आइतबार  

6
Shares

काठमाडौं । सरकार सञ्चालका लागि गठित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहि बेरअघि बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।आजको बैठकमा रास्वपा सरकारबाट बाहिरिएपछिको राजनीतिक अवस्था, राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन, मन्त्रीपरिषदलाई पूर्णता दिने लगायत समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ । यसअघि शुक्रबार पनि संयन्त्रको बैठक बसेको थियो ।

तर उक्त बैठकमा राष्ट्रपति निर्वाचनबारे कुनै छलफल भएन् । रास्वपाले आफ्ना तीन मन्त्री सरकारबाट फिर्ता बोलाए पनि ती मन्त्रालयमा नयाँ मन्त्री नियुक्त भएका छैनन् । गठबन्धनको छलफलमा रास्वपालाई पुनः सरकारमा ल्याउनेबारे पनि कुराकानी भइरहेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिको पहल गर्ने बताइरहेका छन् । यता एमाले अध्यक्ष केपी शर्मा ओली भने गत पुस १० को सहमतिअनुसार राष्ट्रपति आफूहरूले पाउनुपर्ने दाबी गरिरहेका छन् । बैठकमा प्रधानमन्त्री एवम् माओावादी अध्यक्ष प्रचण्ड, एमाले अध्यक्ष ओली, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्दने र रास्वपाका सभापति रवि लामिछाने सहभागी छन् ।

सत्तारुढ गठबन्धन तथा सरकारमा सहभागी भएर पनि सीके राउत नेतृत्वको जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, जसपा नेपाल भने बैठकमा अनुपस्थित रहेको छ ।

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  १० : ०७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो

टी-२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा