३० फाल्गुन २०८१, शुक्रबार । March 14, 2025

सुदुरपश्चिम प्रदेशसभा बैठक सुरु, निर्णयक नाउपा अनुपस्थित



कैलाली । सुदूरपश्चिम प्रदेशसभाको बैठक सुरु भएको छ ।

बिहिबार ४ बजेका लागि सारिएको बैठक केही ढिलो गरि सुरु भएको हो । बिहीबारको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री राजेन्द्र सिंह रावलले विश्वासको मत लिने कार्यक्रम रहेको छ । मुख्यमन्त्री रावलले आजै विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता अनुसार विश्वासको मत लिन लागेका हुन् ।

तर सुदुरपश्चिम प्रदेशमा निर्णयक मानिएको नागरिक उन्मुक्ति पार्टी भने बैठकमा उपस्थित भएको छैन् । सरकार गठनमा सघाएको नाउपाले विश्वासको मत नदिने भएपछि रावल नेतृत्वको सरकार ढल्ने निश्चित भएको छ । रावलले विश्वासको मत नपाएको खण्डमा उनि स्वतः पदमुक्त हुनेछन् ।

त्यसपछि संविधानको धारा ६८ (३) अनुसार प्रदेशसभाको सबभन्दा ठूलो दल नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठनको बाटो खुल्नेछ । सुदुरपश्चिम प्रदेश सभामा नेपाली कांग्रेसका १९, माओवादीका ११, एमालेका १०, नाउपाका ७, एकीकृत समाजवादीका ५ र राप्रपाका १ जना सांसद छन् ।

विश्वासको मत प्राप्त गर्नका लागि रावललाई २७ सांसदको समर्थन आवश्यक पर्छ ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहिबार  ४ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तराईका जिल्लाहरुमा आज फागु अर्थात होली पर्व मनाइँदै

काठमाडौं । आज तराईका जिल्लाहरुमा फागु अर्थात होली पर्व मनाइँदैछ

अमेरिकी डलरको भाउ घट्यो, युरो र पाउण्डको मूल्य पनि घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

पूर्ण रुपमा सुधार भयो मौसम, देशभरको मौसम सफा रहने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक

कपिलवस्तु ११ ले जित्यो पहिलो सुनगाभा गोल्डकप फुटबल प्रतियोगिता

सैनामैना । कपिलवस्तु ११ ले सैनामैनाको मुर्गियामा आयोजित पहिलो सुनगाभा

नयागाउँ खानेपानी संस्थामा नयाँ नेतृत्व: मीना घर्ती (जीसी) अध्यक्षमा विजयी

बुटवल । नयागाउँ खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा कांग्रेसकी