३० फाल्गुन २०८१, शुक्रबार । March 14, 2025

सुदूरपश्चिम प्रदेशसभा बैठक ४ बजेलाई सारियो, विपक्षीको विरोध



धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बिहीबार दिउँसो १ बजेलाई बोलाइएको बैठक दिउँसो ४ बजेलाई सारिएको छ ।

मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत लिने प्रयोजनका लागि बिहीबार प्रदेशसभा बैठक बोलाइएको हो । तर अहिलेसम्म मुख्यमन्त्रीको पक्षमा सदनको बहुमत जुटेको छैन । बहुमतका लागि निर्णायक मानिएको ७ प्रदेशसभा सदस्य रहेको दल नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने भएसंगै सुदुरपश्चिम प्रदेश सरकार संकटमा परेको छ ।

तर सहमतिको सम्भावना खोजीका लागि सभामुखले बैठक सारेका हुन् । मुख्यमन्त्री रावलले बिहीबार विश्वासको मत लिनैपर्ने संवैधानिक बाध्यता छ । उनले विश्वासको मत लिन नसकेमा स्वतः पदमुक्त हुन्छन् । प्रदेशसभा बैठक सारिएको भन्दै विपक्षी दलका नेताहरुले विरोध गरिरहेका छन् ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहिबार  १ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तराईका जिल्लाहरुमा आज फागु अर्थात होली पर्व मनाइँदै

काठमाडौं । आज तराईका जिल्लाहरुमा फागु अर्थात होली पर्व मनाइँदैछ

अमेरिकी डलरको भाउ घट्यो, युरो र पाउण्डको मूल्य पनि घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

पूर्ण रुपमा सुधार भयो मौसम, देशभरको मौसम सफा रहने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक

कपिलवस्तु ११ ले जित्यो पहिलो सुनगाभा गोल्डकप फुटबल प्रतियोगिता

सैनामैना । कपिलवस्तु ११ ले सैनामैनाको मुर्गियामा आयोजित पहिलो सुनगाभा

नयागाउँ खानेपानी संस्थामा नयाँ नेतृत्व: मीना घर्ती (जीसी) अध्यक्षमा विजयी

बुटवल । नयागाउँ खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा कांग्रेसकी