३० फाल्गुन २०८१, शुक्रबार । March 14, 2025

मुख्यमन्त्री रावललाई नाउपाले विश्वासको मत नदिने, सरकार संकटमा



काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र रावललाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

रावलले बिहिबार विश्वासको मत लिनुपर्ने संवैधानीक बाध्यता अनुसार आज विश्वासको मत लिने तयारी भएको छ । तर सरकार गठनका बेला साथ दिएको नाउपाले विश्वासको मत नदिने भएपछि रावल नेतृत्वको सरकार संकटमा परेको हो । बुधबार विश्वासको मत दिने कार्यक्रम स्थगित गरेर एमाले नेताहरुले बुधबार नाउपा नेताहरुसँग छलफल गरेका थिए ।

तर कुनै सहमति हुन सकेन । रावलले आज विश्वासको मत नपाएको खण्डमा उनि स्वतह पदमुक्त हुनेछन् । त्यसपछि संविधानको धारा ६८ (३) अनुसार प्रदेशसभाको सबभन्दा ठूलो दल नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठनको बाटो खुल्नेछ ।

रावलले विश्वासको मत नपाउने सम्भावना बढ्दै गएका बेला नेपाली कांग्रेसका नेताहरु नयाँ सरकार गठनका लागि दौडधुपमा देखिएका छन् ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहिबार  १ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तराईका जिल्लाहरुमा आज फागु अर्थात होली पर्व मनाइँदै

काठमाडौं । आज तराईका जिल्लाहरुमा फागु अर्थात होली पर्व मनाइँदैछ

अमेरिकी डलरको भाउ घट्यो, युरो र पाउण्डको मूल्य पनि घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

पूर्ण रुपमा सुधार भयो मौसम, देशभरको मौसम सफा रहने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक

कपिलवस्तु ११ ले जित्यो पहिलो सुनगाभा गोल्डकप फुटबल प्रतियोगिता

सैनामैना । कपिलवस्तु ११ ले सैनामैनाको मुर्गियामा आयोजित पहिलो सुनगाभा

नयागाउँ खानेपानी संस्थामा नयाँ नेतृत्व: मीना घर्ती (जीसी) अध्यक्षमा विजयी

बुटवल । नयागाउँ खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा कांग्रेसकी