३० फाल्गुन २०८१, शुक्रबार । March 14, 2025

मुख्यमन्त्री रावलले विश्वासको मत लिने आज अन्तिम दिन, नाउपाले मत नदिने



काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज (बिहिबार) विश्वासको मत लिनैपर्ने संवैधानिक बाध्यता रहेको छ ।

तर नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले विश्वासको मत नदिने भएकाले उनलाई सहजै विश्वासको मत पाउने सम्भावना भने देखिएको छैन् । नाउपाले विश्वासको मत नदिए रावल मुख्यमन्त्रीबाट पदमुक्त हुनेछन् । त्यसपछि सबैभन्दा ठूलो दलको हैसियतले नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्नेछ ।

विश्वासको मत लिनका लागि बिहीबार दिउँसो १ बजे सुदूरपश्चिम प्रदेश सभाको बैठक बोलाइएको छ । रावलले विश्वासको मत पाउन २७ जना सांसदको साथ आवश्यक पर्छ । सुदूरपश्चिम प्रदेश सभामा नेपाली कांग्रेसका १९, माओवादीका ११, एमालेका १०, नाउपाका ७, एकीकृत समाजवादीका ५ र राप्रपाका १ जना सांसद छन् ।

मुख्यमन्त्री रावलले बहुमत पुर्‍याउन सक्ने स्थिति नभएपछि बुधबारको सुदूरपश्चिम प्रदेश सभाको बैठक बिहीबारसम्मका लागि स्थगित गरिएको थियो । एमाले नेता रावल गत पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए । संविधानमा मुख्यमन्त्री नियुक्त भएको मितिले ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने व्यवस्था छ ।

रावलले विश्वासको मत नपाएको खण्डमा ठुलो दलको हैसियतले नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्नेछ ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहिबार  ९ : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तराईका जिल्लाहरुमा आज फागु अर्थात होली पर्व मनाइँदै

काठमाडौं । आज तराईका जिल्लाहरुमा फागु अर्थात होली पर्व मनाइँदैछ

अमेरिकी डलरको भाउ घट्यो, युरो र पाउण्डको मूल्य पनि घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

पूर्ण रुपमा सुधार भयो मौसम, देशभरको मौसम सफा रहने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक

कपिलवस्तु ११ ले जित्यो पहिलो सुनगाभा गोल्डकप फुटबल प्रतियोगिता

सैनामैना । कपिलवस्तु ११ ले सैनामैनाको मुर्गियामा आयोजित पहिलो सुनगाभा

नयागाउँ खानेपानी संस्थामा नयाँ नेतृत्व: मीना घर्ती (जीसी) अध्यक्षमा विजयी

बुटवल । नयागाउँ खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा कांग्रेसकी