२२ माघ २०८२, बुधबार । February 4, 2026

मुख्यमन्त्री रावलले विश्वासको मत लिने आज अन्तिम दिन, नाउपाले मत नदिने



काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज (बिहिबार) विश्वासको मत लिनैपर्ने संवैधानिक बाध्यता रहेको छ ।

तर नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले विश्वासको मत नदिने भएकाले उनलाई सहजै विश्वासको मत पाउने सम्भावना भने देखिएको छैन् । नाउपाले विश्वासको मत नदिए रावल मुख्यमन्त्रीबाट पदमुक्त हुनेछन् । त्यसपछि सबैभन्दा ठूलो दलको हैसियतले नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्नेछ ।

विश्वासको मत लिनका लागि बिहीबार दिउँसो १ बजे सुदूरपश्चिम प्रदेश सभाको बैठक बोलाइएको छ । रावलले विश्वासको मत पाउन २७ जना सांसदको साथ आवश्यक पर्छ । सुदूरपश्चिम प्रदेश सभामा नेपाली कांग्रेसका १९, माओवादीका ११, एमालेका १०, नाउपाका ७, एकीकृत समाजवादीका ५ र राप्रपाका १ जना सांसद छन् ।

मुख्यमन्त्री रावलले बहुमत पुर्‍याउन सक्ने स्थिति नभएपछि बुधबारको सुदूरपश्चिम प्रदेश सभाको बैठक बिहीबारसम्मका लागि स्थगित गरिएको थियो । एमाले नेता रावल गत पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए । संविधानमा मुख्यमन्त्री नियुक्त भएको मितिले ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने व्यवस्था छ ।

रावलले विश्वासको मत नपाएको खण्डमा ठुलो दलको हैसियतले नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्नेछ ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहिबार  ९ : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल