२५ चैत्र २०८१, मंगलबार । April 9, 2025

सिंहदरबारमा पुग्यो मेलम्चीको पानी



काठमाडौं । सिंहदरबारमा पहिलो पटक मेलम्ची खानेपानी आयोजनाको पानी वितरण सुरु भएको छ ।

मुलुकको सबैभन्दा ठुलो प्रशाशनिक क्षेत्र सिंहदरवारमा बुधबार पानी वितरण कार्यको परीक्षण सफल रुपमा सम्पन्न भए पछि आज (बिहिबार) देखी २४ घन्टा मेलम्चीको पानी नियमित रूपमा वितरण कार्य सुरु हुन लागेको हो । जसअनुसार सिंहदरबारभित्रका सरकारी कार्यालय तथा निकायमा चौबिसै घण्टा मेलम्चीको पानी उपलब्ध हुनेछन । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) बानेश्वर वितरण केन्द्रका प्रमुख विजय विश्वकर्माका अनुसार बिहीबार बिहान १० बजेदेखि सिंहदरबारमा नियमित रूपमा मेलम्चीको पानी वितरण सुरु गरिने व्यवस्था मिलाई सकिएको छ ।

उनका अनुसार त्यसका लागि पाइप बिच्छयाउने, वितरण गर्ने, पानी बितरणको परिक्षण लगायत आवश्यक सबै तयारी पूरा भईसकेको छ । सिंहदरबारमा जाने मेलम्चीको पानी वितरणका लागि आयोजनाको अनामनगर पानी भण्डारण केन्द्रबाट २ सय एमएमको थोक वितरण पाइप सिंहदरबारमा पठाइएको छ । सोही पाइपमा १५० एमएमको ६७० मिटर पाइप जडान गरी सिंहदरबारको पूर्वी गेटमा रहेको केयूकेएलको ट्याङ्कीमा पानी खसालि सकिएको छ ।

सोही ट्याङ्कीबाट सिंहदरबारमा २४ घन्टा नै पानी वितरण हुनेछ । सिंहदरबारमा ४६ लिटर प्रतिसेकेन्ड पानी पठाउन सिंहदरबारको उत्तरतर्फबाट पाइपहरु जडान गरिसकिएको छ । मेलम्ची खानेपानी आयोजनाले सिंहदरबारमा ‘पिक–आवर’ मा प्रतिसेकेन्ड ४० लिटर पानी आवश्यक पर्ने अनुमान गरेर खानेपानीको संरचनाहरु निमार्ण गरेको छ ।

जसअनुसार अब प्रतिसेकेन्ड ४० लिटर पानी सहज रूपमा चौबिसै घण्टा सिंहदरबार पठाउन सक्ने संरचना निर्माण गरिएको हो । सिंहदरबारमा यसअघि बोरिङवाट पानी बितरण गरिदै आएको थियो । मेलम्चिवाट पानी वितरण हुने भए पछि सिंहदरवारको भुमिगत पानीको संरचनास्थल क्रमशः पुरानै स्थीतिमा फर्कने वातवरण विद्धहरुले जनाएका छन ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहिबार  ८ : ४२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सेयर बजारमा सामान्य वृद्धि, कारोबार रकम घट्यो

काठमाडौं । आजको सेयर बजार सामान्य अंकले बढेर बन्द भएको

बेकोको ‘अनबक्स् ह्याप्पिनेस’ अफर: नयाँ वर्षमा आकर्षक उपहार र छुटहरू

काठमाडौं । नयाँ वर्ष २०८२ को अवसरमा, अन्तर्राष्ट्रिय होम एप्लायन्स

वाइ वाइको नयाँ ‘हट एण्ड स्पाइसी’ नुडल्स: पिरो स्वादको नयाँ क्रान्ति

काठमाडौं । नेपालका प्रमुख चाउचाउ ब्रान्ड वाइ वाइले नेपाली बजारमा

मंगलबार सुनको मूल्यमा सामान्य गिरावट, चाँदी स्थिर

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको

नेपालको राजधानी, प्रदूषणको राजधानी !

काठमाडौं । राजधानी काठमाडौं पुनः एकपटक विश्वका सबैभन्दा प्रदूषित शहरहरूको