२३ माघ २०८१, बुधबार । February 5, 2025

विप्लव नेतृत्व नेकपाले फागुन ५ र १५ गते देशव्यापी बिरोध प्रदर्शन गर्ने



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले फागुन ५ र १५ गते देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ ।

बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो पार्टीले यस्तो बताएको हो । पत्रकार सम्मेलनमा पार्टीको केन्द्रिय समिति बैठकका निर्णय सार्वजनिक गर्दै पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले आगामी फागुन ५ र १५ गते चर्को महंगीका बिरुद्धमा देशव्यापी बिरोध गर्ने बताए । उनले पार्टीले दलाल पुँजीवादी सत्ताको विकल्प वैकल्पिक समाजवादी सत्ता भन्ने राजनीतिक नारालाई मुख्य बनाउने निर्णय गरेको पनि बताए ।

प्रवक्ता विश्वकर्माले पार्टीले संसदमा रहेका र नरहेका विभिन्न कम्युनिष्ट पार्टी साथै राजनीतिक दलहरुबीच रुपान्तरणका मुद्दामा बहस गर्दै जाने निर्णय लिएको बताए । उनले आगामी दिनमा राष्ट्रिय स्वाधिनता, जनताका राजनीतिक एवं आर्थिक अधिकार र जनजीविकाका क्षेत्रमा संघर्ष गर्ने निर्णय गरेको बताए । पार्टीले एमसीसी, एनसीएल, एसपीपी, अग्निपथ, माथिल्लो कर्णाली, अरुण तेस्रो, महाकाली अतिक्रमणका बिरुद्ध संघर्ष गर्ने पनि उनले बताए ।

प्रवक्ता विश्वकर्माले जनताका मौलिक अधिकारका लागि संघर्ष गर्ने, राज्यले मिटरब्याजीलाई अपराधी घोषणा गर्नुपर्ने बताए । उनले सरकारसँग पार्टीले गरेको ३ बुँदे सहमति अनुसार एकीकृत जनक्रान्तिका कारण जेलमा रहेका नेताहरु रिहा हुनुपर्ने माग गरेको बताए ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  ३ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल औषधि लिमिटेडले पायो अन्तर्राष्ट्रिय मान्यताको प्रमाणपत्र

काठमाडौं । नेपाल औषधि लिमिटेडले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड कुशल

जाजरकोटमा टिपर दुर्घटना,१ को मृत्यु २ घाइते

काठमाडौं । मध्य पहाडी राजमार्ग अन्तर्गत जाजरकोट खण्डमा टिपर दुर्घटना

दोहोरो अंकले घट्यो नेप्से, कति भयो कारोबार ?

काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजार परिसूचक

त्रिकोणात्मक महिला टी-२० सिरिजः चौथो खेलमा पनि नेपाल पराजित

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत

त्रिकोणात्मक टी २० सिरिजः नेपालविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै थाइल्यान्ड

काठमाडौं । जारी जारी त्रिकोणात्मक टी २० सिरिजअन्तर्गत नेपालले आफ्नो