२९ फाल्गुन २०८१, बिहिबार । March 14, 2025

प्रचण्ड-ओलीबीच बालुवाटारमा छलफल



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

मंगलबार बिहान बालुवाटार पुगेर अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन् । भेटमा उनीहरुबीच सरकारका कामको समीक्षा, राष्ट्रपतिको उम्मेदवार, राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्रालय छाडेपछि मन्त्रिपरिषद् विस्तार गर्ने लगायत समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको स्रोतले जानकारी दियो । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको कार्यतालिका सार्वजनिक गरेपछि प्रचण्ड–ओली कसलाई उम्मेदवार उठाउने भन्ने विषयमा विभिन्न चरणमा छलफल गरिरहेका छन् ।

सोमबार दिउँसो प्रधानमन्त्री प्रचण्ड, नेकपा एमालेका अध्यक्ष ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच पनि छलफल भएको थियो । राष्ट्रपतिमा कांग्रेसले भाग खोजेको भन्दै एमाले अध्यक्ष ओली असन्तुष्ट छन् । १० पुसको सहमतिअनुसार एमालेले राष्ट्रपतिमा दाबी गर्दै आएको छ ।

तर २६ पुसमा कांग्रेसले विश्वासको मत दिएसँगै प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिको विषय अघि सारेका छन् ।

प्रकाशित मिति : २४ माघ २०७९, मंगलबार  ११ : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कपिलवस्तु ११ ले जित्यो पहिलो सुनगाभा गोल्डकप फुटबल प्रतियोगिता

सैनामैना । कपिलवस्तु ११ ले सैनामैनाको मुर्गियामा आयोजित पहिलो सुनगाभा

नयागाउँ खानेपानी संस्थामा नयाँ नेतृत्व: मीना घर्ती (जीसी) अध्यक्षमा विजयी

बुटवल । नयागाउँ खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा कांग्रेसकी

प्रचण्डको चेतावनी: प्रतिगामी शक्तिविरुद्ध जनतालाई सडकमा उतार्ने तयारी

बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगामी

शैक्षिक परामर्श र नेपाल प्रहरीको सहयोग: सुरक्षित भविष्यको लागि नयाँ कदम

काठमाडौं । नेपाल प्रहरी र शैक्षिक परामर्श व्यवसायी बीचको अन्तर्क्रिया

सुनको मूल्य सामान्य बढ्यो, चाँदी पनि बढ्यो

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ सामान्य बढेको छ