२९ फाल्गुन २०८१, बिहिबार । March 14, 2025

काँग्रेसले राष्ट्रपतिको लोभमा फस्न मिल्दैनः बिजुक्छेका



भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेपाली काँग्रेसले राष्ट्रपतिको लोभमा फस्न नमिल्ने टिप्पणी गरेका छन् ।

प्रमुख प्रतिपक्षको भूमिका सशक्त ढंगले निर्वाह गर्नुपर्ने काँग्रेसले यदि राष्ट्रपतिमा लोभ गरेको हो भने त्यो जस्तो नराम्रो दृष्टिकोण अरु केही पनि नहुने उनको भनई छ । रफ्त सञ्चार क्लवको १३ औं वार्षिकोत्सवको अवसर पारेर सोमबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेले निर्वाचनका बेला सार्वजनिक गरिएको घोषणा पत्र भन्दा बाहिर जाने छुट कुनै पनि राजनीतिक दलहरुलाई नरहेको पनि बताए ।

सत्तारुढ गठबन्धन प्रजातान्त्रिक नभएको भन्दै अध्यक्ष बिजुक्छेले असन्तुष्टि समेत व्यक्त गरे । उहाँले भने, ‘यो राष्ट्रपतिको लोभले गर्दा सायद नेपाली काँग्रेसले त्यो बाटो अपनाएको हो कि ? साँचो यही हो भने त्यो जस्तो नराम्रो राजनीतिक दृष्टिकोण अरु छैन । पदको निम्ति होइन, सिद्धान्तको निम्ति हो, नीतिको निम्ति हो । र, कार्यक्रम घोषणा पत्र हामीले निर्वाचनको बेलामा पाउँछौ नि । त्यो भन्दा तलमाथि जाने गर्नु हुँदैन ।

जनताले भोट दिएको व्यक्तिलाई साँचो मानेमा त्यो घोषणा पत्रलाई नै मत दिएको हुनाले त्यो भन्दा तलमाथि हामीले गर्न मिल्दैन । राजनीतिक पार्टीहरुको अहिलेको जुुन गठबन्धन छ । त्यो पनि प्रजातान्त्रिक गठबन्धन होइन । चुनाव भन्दा अगाडि नै गठबन्धन बनाउन नहुने हो । गर्ने हो भने घोषणा पत्रको आधारमा गठबन्धन गर्नुुपर्ने हो । प्रचण्डजीको नेतृत्व छ भने उहाँको घोषणा पत्र अनुसार त सबै पार्टीहरु जानेवाला छैन । ’

अध्यक्ष बिजुक्छेले चुनाव अघि र पछि पनि साझा घोषणा पत्र अनुसार अघि बढन नसक्ने गरी गरिएको राजनीतिक गठबन्धनको कुनै अर्थ नहुने दावी गर्नु भयो ।

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार  ५ : १३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कपिलवस्तु ११ ले जित्यो पहिलो सुनगाभा गोल्डकप फुटबल प्रतियोगिता

सैनामैना । कपिलवस्तु ११ ले सैनामैनाको मुर्गियामा आयोजित पहिलो सुनगाभा

नयागाउँ खानेपानी संस्थामा नयाँ नेतृत्व: मीना घर्ती (जीसी) अध्यक्षमा विजयी

बुटवल । नयागाउँ खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा कांग्रेसकी

प्रचण्डको चेतावनी: प्रतिगामी शक्तिविरुद्ध जनतालाई सडकमा उतार्ने तयारी

बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगामी

शैक्षिक परामर्श र नेपाल प्रहरीको सहयोग: सुरक्षित भविष्यको लागि नयाँ कदम

काठमाडौं । नेपाल प्रहरी र शैक्षिक परामर्श व्यवसायी बीचको अन्तर्क्रिया

सुनको मूल्य सामान्य बढ्यो, चाँदी पनि बढ्यो

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ सामान्य बढेको छ