५ चैत्र २०८२, बिहिबार । March 19, 2026

प्रतिनिधिसभा नियमावली मस्यौदा समितिमा सुवाष नेम्वाङ


२३ माघ २०७९, सोमबार  

6
Shares

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष एवम् पूर्वसभामुख सुवाष नेम्वाङले अध्यादेश ल्याउनका लागि संसद अधिवेशन जानीजानी अन्त्य गर्ने काम सरकारले गर्न नहुने बताएका छन् ।

कुनै पनि लोकतान्त्रिक सरकारले अध्यादेश ल्याउनका लागि संसद अधिवेशन अन्त्य गर्न नमिल्ने तर्क उनको छ । तर विगतका सरकारहरुले पार्लियामेन्टमा विधेयक ल्याएर कानुन बनाउनुपर्नेमा अध्यादेश ल्याएर गल्ती गरेको उनले बताए । सोमबार प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको सिंहदरवारमा बसेको बैठकमा बोल्दै उनले हरेक लोकतान्त्रिक सरकारले अध्यादेशको बाटो जान नपरोस् भन्ने सोच राख्नुपर्ने स्पष्ट पारे ।

उपाध्यक्ष नेम्वाङले संसदलाई बन्द गरिदिने अनि अध्यादेश ल्याउने सजिलो बाटो सरकारले खोज्न नहुने पटकपटक दोहोर्‍याए । संसदलाई छलेर अध्यादेश ल्याउने काम संविधानमा पनि नभएको उल्लेख गर्दै त्यस्तो काम गर्न नमिल्ने गरी आवश्यक व्यवस्था मिलाउनुपर्ने उनले औंल्याए । उपाध्यक्ष नेम्वाङले संविधानमा त्रुटी देखाएर आफूले गल्ती गर्ने काम सरकारले गर्न नमिल्ने पनि बताए ।

भारतीय संविधान निर्माता अम्बेडकरको भनाई उधृत गर्दै उपाध्यक्ष नेम्वाङले गल्ती, कमीकमजोरीहरु आफूमा राखेर संविधानमा त्रुटी देखाउने काम सरकारले गर्न नहुने प्रष्ट पारे ।

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार  ४ : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो

टी-२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा