६ पुस २०८२, आइतबार । December 21, 2025

राप्रविसं मेरो विकल्प छैनः अध्यक्षका उम्मेदवार बम



काठमाडौं । राप्रपा निकट राप्रविसंको काठमाडौमा हुन लागेको राष्ट्रिय सम्मेलन माग २७ देखि काठमाडौँमा हुने भएको छ ।

बिगतमा पार्टी टुटफुटका कारणले विद्यार्थी संगठनले एकता पाउन सकेको थिएन । वर्तमान अवस्थामा पार्टीमा एकल नेतृत्व, सिद्धान्तमा पार्टी अगाडि बढीकोले विद्यार्थी संगठनले मुर्तरुप पाए लगत्तै हुन लागेको राष्ट्रिय सम्मेलनको माहौल तातिरहेको छ। नेपालको राष्ट्रिय राजनीतिमा विद्यार्थी राजनीति र आन्दोलनलाई स्थापित गर्नका निमित्त र नेपालको शैक्षिक क्षेत्रको सुधार शैक्षिक मुद्दामा वकालत गर्न सक्ने एउटा बलियो विद्यार्थी संगठनको रुपमा राप्रविसं लाई स्थापित गर्नका लागि उम्मेदवारी दिएको विद्यार्थी नेता निराजन बम बताउन्छन् ।

रहरका लागि नभई समस्याको समाधान गर्नका लागि आफु अग्रसर भएको उनको भनाई छ । अध्यक्षका अरु कुनै ब्यक्ती आकाङ्क्षित भएपनी बम बलियो देखिएका छन् । उनले गाउँ स्तर देखि केन्द्रसम्म संगठानिक क्षेत्रको नेतृत्व र विद्यार्थी संगठनमा लामो अनुभव मात्र होइन नेतृत्व गर्नसक्ने क्षमता रहेका बमको राम्रो अनुभव रहेको अन्य विद्यार्थी नेता र पार्टीका नेतृत्वको भनाइ रहेको छ।

संगठनको केन्द्रिय सदस्य भएपछि आफ्नो गृह जिल्ला कालिकोटमा संगठन बिस्तारमा प्रभावकारी भुमिका खेलेकै कारण २०७३ मा भएको स्ववियु निर्वाचनमा जिल्लाको सदरमुकाम मा रहेको कर्णाली बहुमुखी क्याम्पसमा संगठनबाट कोषाध्यक्ष र सदस्य जिताउन सफल भएका बम २०७४ र २०७९ सालमा भएको स्थानीय निर्वाचनमा गाउँ पालिकाको अध्यक्ष पदमा चुनाव समेत लडिसकेका हुन् ।

यतिखेर बमलाई विद्यार्थीको साथ मात्र छैन, संगठन र पार्टीमा प्रतिबद्ध भएकै कारणले पार्टीका शीर्ष नेताहरुको पनि साथ सहयोग रहेको बुझिएको छ । यहि चैत ५ गते देशभरि स्ववियु निर्वाचनको मिति घोषणा गरिएको छ । स्ववियु निर्वाचन र संगठन हाक्ने सक्ने नेताका रुपमा चिनिएका बम अध्यक्षमा बलिया दावेदारका रुपमा रहेका छन् ।

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार  ४ : ०६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले