२९ माघ २०८२, बुधबार । February 11, 2026

सरकारी वकिलले दिने सेवालाई प्रभावकारी बनाउनुपर्छः प्रधानमन्त्री दाहाल



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारी वकिलले दिने सेवालाई प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।

महान्यायाधिवक्ता कार्यालयको आज अवलोकन तथा निरीक्षणका क्रममा उनले सक्षम र व्यावसायिकरूपमा यस सेवालाई प्रभावकारी बनाउनुपर्ने बताए । प्रधानमन्त्री दाहालले सरकारी वकिलका लागि छुट्टै पारिश्रमिक सेवासम्बन्धी कानुन निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री कार्यालयमा सरकारी वकिलको एकाइ राख्ने विषयलाई उच्च प्राथमिकतामा राख्ने बताए । महान्यायाधिवक्ता कार्यालय सरकारलाई कानुनी सल्लाह दिने निकाय हो ।

उनले कारागार, बालगृह, थुनुवा कक्ष र सरकारी वकिल कार्यालयको सुधार र विकासका लागि सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रधानमन्त्रीका रूपमा उनले दोस्रो पटक महान्यायाधिवक्ता कार्यालयको अवलोकन गरेका हुन् । महान्यायाधिवक्ता डा दीनमणि पोखरेलले सरकारी वकिलका लागि छुट्टै पारिश्रमिक सेवासम्बन्धी कानुन निर्माण गर्न आग्रह गर्दै वर्तमान सरकारले उक्त काम गर्ने अपेक्षा राखेको बताए ।

उनले प्रधानमन्त्री कार्यालयमा सरकारी वकिलको एकाइ राख्न माग गर्दै समग्र सरकारी वकिलका बारेमा जानकारी गराएका थिए ।

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार  १२ : ०१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Building Bridges in Kathmandu: A Day in the Life of a Russian Diplomat in Nepal

Kathmandu- This year, Russia marks Diplomatic Workers’ Day on 10 February,

टी–२० विश्वकपः रोमाञ्चक खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भयो नेपाल

काठमाडौं । मुम्बईमा जारी आईसीसी टी–२० विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा

टी–२० विश्वकपः इंग्ल्यान्डद्वारा नेपाललाई १८५ रनको चुनौतपूर्ण लक्ष्य प्रस्तुत

काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेल

टी-२० विश्वकपः नेपालविरूद्ध टस जितेर पहिले ब्याटिङ गर्दै इंग्ल्यान्ड

मुम्बई । टी २० विश्वकप २०२६ अन्तर्गत नेपालविरूद्धको खेलमा इंग्ल्यान्डले

टी-२० विश्वकपः बलियो टोली इङ्ल्यान्डको सामना गर्दै नेपाल

काठमाडौं । टी-२० विश्वकप २०२६ अन्तर्गत आज नेपालले बलियो प्रतिष्पर्धी