२९ माघ २०८२, बुधबार । February 11, 2026

रास्वपाका मन्त्रीहरुले आजै राजीनामा दिने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सरकारमा सहभागी मन्त्रीहरुले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा दिने भएका छन् ।

आज सम्पन्न रास्वपाको केन्द्रीय सदस्य र संसादहरुको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेसँगै रास्वपाका मन्त्रीहरुले राजीनामा दिने भएका हुन् । बैठकपछि पत्रकार सम्मेलन गर्दै सभापति रवि लामिछानेले सरकारबाट बाहिरिने निर्णय भएसँगै मन्त्रीहरुले आजै राजीनामा दिने बताएका हुन् ।हाल सरकारमा रास्वपाका शिशिर खनाल शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री, डोलप्रसाद अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र डा. तोसिमा कार्की स्वास्थ्य तथा जनसङ्‌ख्यामन्त्री रहेका छन् ।

यसअघि उपप्रधान तथा गृहमन्त्री रहेका सभापति लामिछानेको नागरिकता अवैध ठहर भएसँगै उनको संसद पद खारेज भएको थियो । सांसद पद खारेज भएसँगै उनको मन्त्री पद गुमेको थियो ।

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  ४ : ४४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Building Bridges in Kathmandu: A Day in the Life of a Russian Diplomat in Nepal

Kathmandu- This year, Russia marks Diplomatic Workers’ Day on 10 February,

टी–२० विश्वकपः रोमाञ्चक खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भयो नेपाल

काठमाडौं । मुम्बईमा जारी आईसीसी टी–२० विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा

टी–२० विश्वकपः इंग्ल्यान्डद्वारा नेपाललाई १८५ रनको चुनौतपूर्ण लक्ष्य प्रस्तुत

काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेल

टी-२० विश्वकपः नेपालविरूद्ध टस जितेर पहिले ब्याटिङ गर्दै इंग्ल्यान्ड

मुम्बई । टी २० विश्वकप २०२६ अन्तर्गत नेपालविरूद्धको खेलमा इंग्ल्यान्डले

टी-२० विश्वकपः बलियो टोली इङ्ल्यान्डको सामना गर्दै नेपाल

काठमाडौं । टी-२० विश्वकप २०२६ अन्तर्गत आज नेपालले बलियो प्रतिष्पर्धी