२२ माघ २०८१, मंगलबार । February 5, 2025

रास्वपाका मन्त्रीहरुले आजै राजीनामा दिने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सरकारमा सहभागी मन्त्रीहरुले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा दिने भएका छन् ।

आज सम्पन्न रास्वपाको केन्द्रीय सदस्य र संसादहरुको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेसँगै रास्वपाका मन्त्रीहरुले राजीनामा दिने भएका हुन् । बैठकपछि पत्रकार सम्मेलन गर्दै सभापति रवि लामिछानेले सरकारबाट बाहिरिने निर्णय भएसँगै मन्त्रीहरुले आजै राजीनामा दिने बताएका हुन् ।हाल सरकारमा रास्वपाका शिशिर खनाल शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री, डोलप्रसाद अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र डा. तोसिमा कार्की स्वास्थ्य तथा जनसङ्‌ख्यामन्त्री रहेका छन् ।

यसअघि उपप्रधान तथा गृहमन्त्री रहेका सभापति लामिछानेको नागरिकता अवैध ठहर भएसँगै उनको संसद पद खारेज भएको थियो । सांसद पद खारेज भएसँगै उनको मन्त्री पद गुमेको थियो ।

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  ४ : ४४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल औषधि लिमिटेडले पायो अन्तर्राष्ट्रिय मान्यताको प्रमाणपत्र

काठमाडौं । नेपाल औषधि लिमिटेडले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड कुशल

जाजरकोटमा टिपर दुर्घटना,१ को मृत्यु २ घाइते

काठमाडौं । मध्य पहाडी राजमार्ग अन्तर्गत जाजरकोट खण्डमा टिपर दुर्घटना

दोहोरो अंकले घट्यो नेप्से, कति भयो कारोबार ?

काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजार परिसूचक

त्रिकोणात्मक महिला टी-२० सिरिजः चौथो खेलमा पनि नेपाल पराजित

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत

त्रिकोणात्मक टी २० सिरिजः नेपालविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै थाइल्यान्ड

काठमाडौं । जारी जारी त्रिकोणात्मक टी २० सिरिजअन्तर्गत नेपालले आफ्नो