२८ माघ २०८२, मंगलबार । February 11, 2026

रास्वपाको निर्णायक बैठक जारी



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रिय समिति र संसदीय समिति बैठक बसिरहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थनबारे निर्णय लिन पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा केहीबेर अघिदेखि बैठक सुरु भएको हो । पार्टी सभापति रवि लामिछानेले आजको पार्टी बैठकबाट ठोस निर्णय आउने बताएका छन् । साथै, उनले आजै विशेष पत्रकार सम्मेलन पनि गर्ने बताएका छन् ।

यसअघि शनिरबा राति ११ बजेसम्म बसेको बैठक विनानिश्कर्ष सकिएको थियो । सरकारबारे ठोस निर्णय लिनु अघि सभापति लामिछानेले आज (आइतबार) बिहान रविले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमले अध्यक्ष केपी शर्मा ओलीसँग निर्णायक छलफल गरेका थिए । गृह मन्त्रालय पाउनपर्ने अडान राखेको रास्वपालाई भौतिक पूर्वाधार मन्त्रालय लिन प्रस्ताव गरेपछि रास्वपामा यसबारे छलफल भइरहेको छ ।

शनिबार राति बसेको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकमा राष्ट्रपति निर्वाचन र उपनिर्वाचनको मिति घोषणा नभएसम्म सरकार छाड्न नहुने ब्रिफिङ सभापति लामिछानेले गरेका थिए । आज प्रधानमन्त्रीसँगको भेटपछि बसेको बैठक र सभापति लामिछानेको पत्रकार सम्मेलनलाई विशेष चासोको रुपमा हेरिएको छ ।

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  १ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Building Bridges in Kathmandu: A Day in the Life of a Russian Diplomat in Nepal

Kathmandu- This year, Russia marks Diplomatic Workers’ Day on 10 February,

टी–२० विश्वकपः रोमाञ्चक खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भयो नेपाल

काठमाडौं । मुम्बईमा जारी आईसीसी टी–२० विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा

टी–२० विश्वकपः इंग्ल्यान्डद्वारा नेपाललाई १८५ रनको चुनौतपूर्ण लक्ष्य प्रस्तुत

काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेल

टी-२० विश्वकपः नेपालविरूद्ध टस जितेर पहिले ब्याटिङ गर्दै इंग्ल्यान्ड

मुम्बई । टी २० विश्वकप २०२६ अन्तर्गत नेपालविरूद्धको खेलमा इंग्ल्यान्डले

टी-२० विश्वकपः बलियो टोली इङ्ल्यान्डको सामना गर्दै नेपाल

काठमाडौं । टी-२० विश्वकप २०२६ अन्तर्गत आज नेपालले बलियो प्रतिष्पर्धी