२२ माघ २०८१, मंगलबार । February 5, 2025

रविलाई तत्काल मन्त्री नबन्न प्रधानमन्त्रीको सुझाव



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपाका सभापति रवि लामिछानेलाई तत्काल मन्त्री नबन्न आग्रह गरेका छन् ।

आइतबार बिहान बालुवाटारमा भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री प्रचण्डले लामिछानेलाई सो आगह गरेका हुन् । स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालय आफूले नै राख्ने र अर्को मन्त्रालय लिन उनलाई आग्रह गरेका थिए । उपनिर्वाचनबाट जितेर आए मात्र मन्त्री बन्न स्वाभाविक हुने उनको भनाइ थियो ।

नागरिकता विवादमा मन्त्री तथा सांसद पद गुमाएका लामिछाने गैरसांसदका रुपमा सिंहदरबार छिर्ने दाउमा छन् । उनले बालकोट र बालुवाटार पुगेर पटकपटक आफुलाई गृहमन्त्री बनाउन आग्रह गरेका छन् । तर, रविको नागरिकता विवादमा सर्वोच्चको पूणपाठ आउन बाँकी नै रहेकाले प्रधानमन्त्री प्रचण्ड उनलाई मन्त्री बनाउन चाहादैनन् ।

लामिछानेले शनिबार साँझ पनि प्रधानमन्त्रीलाई भेटेका थिए । उनी प्रधानमन्त्रीको प्रस्तावमा सकारात्मक रहेको बालुवाटार स्रोत बताउँछ । सरकारबारे निर्णय लिन रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक जारी छ । उक्त बैठकले सरकारमा रहने वा बाहिरिने ठोस निर्णय गर्नेछ ।

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  १२ : ५५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल औषधि लिमिटेडले पायो अन्तर्राष्ट्रिय मान्यताको प्रमाणपत्र

काठमाडौं । नेपाल औषधि लिमिटेडले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड कुशल

जाजरकोटमा टिपर दुर्घटना,१ को मृत्यु २ घाइते

काठमाडौं । मध्य पहाडी राजमार्ग अन्तर्गत जाजरकोट खण्डमा टिपर दुर्घटना

दोहोरो अंकले घट्यो नेप्से, कति भयो कारोबार ?

काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजार परिसूचक

त्रिकोणात्मक महिला टी-२० सिरिजः चौथो खेलमा पनि नेपाल पराजित

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत

त्रिकोणात्मक टी २० सिरिजः नेपालविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै थाइल्यान्ड

काठमाडौं । जारी जारी त्रिकोणात्मक टी २० सिरिजअन्तर्गत नेपालले आफ्नो