५ चैत्र २०८२, बिहिबार । March 19, 2026

गृहमन्त्री बन्न दवाव बढाउँदै रवि लामिछाने


२२ माघ २०७९, आइतबार  

6
Shares

काठमाडौं । गृहमन्त्री दावी गर्दै आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् ।

आइतबार बिहान एमाले अध्यक्ष ओलीललाई भेटेलगत्तै प्रधानमन्त्रीसँग भेट्न उनी वालुवाटार पुगेका हुन् । गृहमन्त्री नपाए सत्ताबाट बाहिरिने धम्की दिँदै आएका रवि लामिछानेले अझै प्रधानमन्त्री प्रचण्डसँग बार्गेनिङ गरिरहेका छन् । रवि लामिछानेले केही दिनयता गृहमन्त्री नपाएमा सरकारबाट बाहिरिने बताउँदै आएका छन् । तर, उनले अझै बार्गेनिङ गर्न छाडेका छैनन् ।

गृहमन्त्री नपाए शनिबार नै सरकारबाट बाहिरिने रवि लामिछानेले बताएका थिए । तर, प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीले गृहबाहेक अरु मन्त्रालय प्रस्ताव गरेपछि साँझ ८ बजे रास्वपाको आकस्मिक बैठक बसेको थियो । तर, बैठक विनानिष्कर्ष टुंगिएको थियो ।

यस्तै, विशेष निर्णय लिन भन्दै रास्वपाले आज केन्द्रीय समिति बैठक र संसदीय दलको बैठक बोलाएको छ । बैठक बस्नुअघि रवि लामिछाने प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार र एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका हुन् । प्रचण्डलाई भेट्न जानुअघि रविले एमाले अध्यक्ष ओलीलाई भेटेको रास्वपाका एक नेताले बताए ।

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीलाई भेटेपछि निर्णायक छलफल हुने ती नेताको भनाइ छ । सांसद पद गएपछि गैरसांसदको रूपमा गृहमन्त्री हुन पाउनुपर्ने भन्दै रविले प्रधानमन्त्री प्रचण्डलाई दबाब बढाएका छन् । यदि गृह मन्त्रालय नदिए सरकारबाट बाहिरिने चेतावनी उनको छ ।

तर, रविको पासपोर्टको मुद्दा किनारा नलाग्दासम्म मन्त्री बनाउन नसक्ने प्रधानमन्त्री प्रचण्डले अडान लिएका छन् । पछिल्लो समय उनका पार्टीका नेताहरुले समेत रविलाई मन्त्री नबनाउन प्रचण्डमाथि दबाब बढाउँदै आएका छन् । रवि लामिछाने नेतृत्वको पार्टीका अरू सांसदलाई गृहबाहेक मन्त्रालय दिन सकिने निष्कर्षमा प्रचण्ड पुगेका छन् ।

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  १२ : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो

टी-२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा