२० फाल्गुन २०८१, मंगलबार । March 4, 2025

सन्दीपलाई राष्ट्रिय टोलीमा फर्काएको भन्दै क्यानविरुद्ध प्रदर्शन



काठमाडौं । नाबालिका बलात्कार आरोपमा हालैमात्र जेलमुक्त भएका सन्दिप लामिछानेलाई राष्ट्रिय टिममा समावेश गरेपछि नेपाल क्रिकेट संघ (क्यान)विरूद्ध प्रदर्शन भएको छ ।

शनिबार दिउँसो माइतीघर मण्डलामा क्यानले बलात्कारका अभियुक्तलाई राष्ट्रिय टिममा समावेश गरेको भन्दै युवाहरुले विरोध प्रदर्शन गरेको हो । उच्च अदालत पाटनले शर्तसहित रिहा गरेपछि क्यानले लामिछानेको निलम्बन फुकुवा गरेको थियो । क्यानले निलम्बन फुकुवा गरेसँगै उनलाई राष्ट्रिय टिममा समावेश गरी बन्द प्रशिक्षणमा राखेको छ ।

क्यानको उक्त निर्णयलाई लिएर सामाजिक सञ्जालमा क्यानविरुद्ध विरोध भइरहेको छ । उनीहरुले ‘पीडितलाई लात बलात्कार आरोपीलाई साथ’, ‘मेरो राष्ट्रिय टिममा बलात्कार अभियुक्त हुनसक्दैन’लगायतका प्लेकार्ड र पम्प्लेटसहित क्यानविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका छन् ।

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  २ : ५८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आजपनि सुनचाँदीको मूल्य स्थिर, तोलामा कति छ ?

काठमाडौं । नेपाली बजारमा सोमबार (आज) पनि सुनचाँदीको मूल्य स्थिर

ब्राजिलियन डीजे एलोक एलओडीमा आउँदै

काठमाडौं । ब्राजिलियन डीजे एलोकले एलओडी क्लबमा आफ्नो सांगीतिक प्रस्तुति

प्रदिप परियार विश्व आर्थिक मञ्चको ग्लोबल फ्युचर काउन्सिल अन लिडरशीपको सदस्यमा नियुक्त

काठमाडौं । दलित लाईभ्स म्याटर ग्लोबल अलायन्सका संस्थापक तथा अध्यक्ष

यस्तो छ आज तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका

२ किलो ५ सय ग्राम लागूऔषध अफिम सहित एक जना पक्राउ

बारा । बारा प्रहरीले २ किलो ५०० ग्राम लागूऔषध अफिम