२८ फाल्गुन २०८१, बुधबार । March 12, 2025

रविलाई गृहमन्त्री नबनाए सरकारबाट बाहिरिने रास्वपाको चेतावनी



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्रालय आफुले पाउनुपर्ने दावी गरेको छ ।

रास्वपा सभापति रवि लामिछानेले मंगलबार बिहान बालुवाटारमा गएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर गृह मन्त्रालयको नेतृत्व आफ्नो पार्टीलाई दिन माग समेत गरेका छन् । पुस १० मा एमाले, माओवादी केन्द्र रास्वपा राप्रपा, जनता समाजवादी पार्टी जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच आपसमा मिलेर सरकार गठन गर्ने सहमति भएको थियो ।

यद्यपी रास्वपाले गृहमन्त्रालय नपाएको खण्डमा सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी समेत दिएको छ । सरकार गठन गर्दा सहमती अनुसार गृहमन्त्रालयको जिम्मेवारी रास्वपा बाट सभापति रवि लामिछानेले पाएका थिए । तर रविको नागरिकता सम्बन्धी विवादमा अदालतले दिएको फैसला अनुसार उनि दोषी ठहर भएपछि उनी पदमुक्त भएका थिए ।

रविले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट प्रक्रिया पुरा गरि नागरिकता लिएसंगै उनि मन्त्रालय पर्किने हतारोमा छन् । यद्यपी प्रधानमन्त्री दाहाल भने नागरिकता पुनः लिएपनि पुरानै नागरिकताका आधारमा बनेको राहदानी विवाद कायम रहेकाले रविलाई मन्त्रालय फर्काउने पक्षमा देखिएका छैनन् ।

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार  १ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको मूल्य सामान्य बढ्यो, चाँदी पनि बढ्यो

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ सामान्य बढेको छ

आजको विनिमयदरः अमेरिकी डलर र पाउण्डको मूल्य घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज (बुधबारका) लागि अमेरिकी

आजको मौसमः पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक

घट्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको भाउ घटेको छ ।

आजको विनिमयदरः बढ्यो अमेरिकी डलरको भाउ, युरोपियन युरो र पाउन्ड स्ट्रलिङ पनि बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको