२८ माघ २०८२, मंगलबार । February 11, 2026

अखिलमा मेरो विकल्प छैनः अध्यक्षका उम्मेदवार खत्री



काठमाडौं । नेकपा (एमाले) निकट अनेरास्ववियुको २३ औ राष्ट्रिय महाधिवेशन यहि फागुन २ देखि ४ गतेसम्म काठमाडौँमा हुने भएको छ ।

झण्डै सातबर्षपछि हुन थालेको महाविधेशनको माहौल तातिरहेको छ । अखिल हाँक्नका लागि अहिले मुख्यत तीन जना आकांक्षी देखिएका छन् । यसअघिका दुई अध्यक्ष मनोनित भएकाले यसपटक भने चुनावबाट नै नेतृत्व चयन हुने भएको छ । २०७२ सालमा अखिलको २२ औ महाधिवेशन भएको थियो त्यसयता नेकपा (माओवादी केन्द्रं) संग मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अनेरास्ववियूको संयोजक ऐन महर तथा पार्टी अलग भएपछि पुन मनोनित अध्यक्ष सुनिता बराल बनेकी थिइन ।

अहिले अध्यक्षका आकांक्षीमा वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, उपाध्यक्ष झपिन्द्र खत्री र महासचिव समिक वडाल देखिएका छन् । २२ औ महाधिवेशनमा लामिछाने र बडाल सचिव तथा खत्री कोषाध्यक्षमा निर्वाचित भएका थिए । अध्यक्षका तीनै जनामध्ये खत्री बलियो देखिएका छन् ।

उनले अखिलेको नेतृत्व गर्नेदेखि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) हाँकेको राम्रो अनुभव रहेको छ । अनेरास्ववियुको प्रशिक्षण विभाग प्रमुख समेत रहेका खत्री मुलुकै ठूलो मानिएको पाटन सयुक्त क्याम्पसको स्ववियु सभापति हुन् । उनी २०६५ सालमा भएको स्ववियु निर्वाचनमा सभापतिमा निर्वाचित भएका थिए ।

२०६६ सालमा स्ववियु काउन्सिल सचिव भएर पनि उनले त्रिभुवन विश्वविद्यालयमा काम गरिसकेको छन । “म अखिल र स्ववियु दुवैमा राम्रो काम गरेको अनुभव रहेको छ,” उनले भने,“ मलाई पार्टी र साथीहरुको साथ सहयोगले अखिलेको नेतृत्व गर्ने ठाउँमा पुग्दै छु ।” उनी अखिलको केन्द्रीय सदस्य हुदै उपाध्यक्षमा पुगेका खत्रीमा स्ववियु संचालन गरेको समेत अनुभव रहेको छ ।

तर अन्य आकांक्षीलाई भने स्ववियु संचालन गरेको अनुभव नै रहेको छैन । खत्री २०७० सालमा भएको अखिलको २१ औं राष्ट्रिय महाधिवेशनबाट सचिवालय सदस्य र २०६७ सालमा भएको २० औ राष्ट्रिय महाधिवेशनबाट केन्द्रिय सदस्य निर्वाचित भएका हुन् । सातबर्षपछि निर्वाचनबाट नेतृत्व चयन हुन गइरहेकोमा खत्रीको संगठनमा पनि राम्रो पकड रहेको छ ।

कोषाध्यक्ष हुँदै उपाध्यक्ष बनेका उनलाई पार्टीका शीर्ष नेताहरुको पनि साथ सहयोग रहेको बुझिएको छ । सवैसंग मिलनसार, सांगठनिक व्यक्ति भएकोले पार्टीले पनि खत्रीको नेतृत्वमा अखिलको नयाँ नेतृत्व चयन गर्नुपर्ने बताएका छन् । “स्ववियु निर्वाचन पनि नजिक आइरहेको छ ।

अखिललाई फेरि पनि स्ववियु निर्वाचनबाट पहिलो संगठन बनाउन आवश्यक रहेको छ,” अखिलका एक पूर्व अध्यक्षले भने,“१४ बर्ष पछि हुन थालेको स्ववियु निर्वाचनको कमाण्ड खत्रीले नै गर्न सक्दछन । त्यसैले उनलाई अध्यक्ष बनाउनु पर्दछ ।” यहि चैत ५ गते देशभरि स्ववियु निर्वाचनको मिति घोषणा गरिएको छ ।

स्ववियु निर्वाचन र संगठन हाक्ने सक्ने नेताका रुपमा चिनिएका खत्री अखिलको अध्यक्षमा बलिया दावेदारका रुपमा रहेका छन् । उपाध्यक्ष खत्रीले आफू अध्यक्षमा निर्वाचित भए सवैलाई मिलाएर लैजाने बताए । “देशभरिबाट मेरो पक्षका धेरै प्रतिनिधि छनौट भइरहेका छन् । त्यसैले मैले पक्षमा माहौल बनिरहेको छ । अखिलमा मेरा विकल्प छैन,” उनले भने, “सहमति हुँदा पनि मेरो नाममा सहमति हुन्छ ।”

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार  ९ : ५५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Building Bridges in Kathmandu: A Day in the Life of a Russian Diplomat in Nepal

Kathmandu- This year, Russia marks Diplomatic Workers’ Day on 10 February,

टी–२० विश्वकपः रोमाञ्चक खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भयो नेपाल

काठमाडौं । मुम्बईमा जारी आईसीसी टी–२० विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा

टी–२० विश्वकपः इंग्ल्यान्डद्वारा नेपाललाई १८५ रनको चुनौतपूर्ण लक्ष्य प्रस्तुत

काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेल

टी-२० विश्वकपः नेपालविरूद्ध टस जितेर पहिले ब्याटिङ गर्दै इंग्ल्यान्ड

मुम्बई । टी २० विश्वकप २०२६ अन्तर्गत नेपालविरूद्धको खेलमा इंग्ल्यान्डले

टी-२० विश्वकपः बलियो टोली इङ्ल्यान्डको सामना गर्दै नेपाल

काठमाडौं । टी-२० विश्वकप २०२६ अन्तर्गत आज नेपालले बलियो प्रतिष्पर्धी